१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपाल पत्रकार महासंघको प्रदेशीक निर्वाचन : २१ पदका लागी ५६ जनाको उमेद्वारी

Logo

विराटनगर, चैत्र २०
चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागी प्रदेश १ मा ५६ जनाले उमेद्वारी दिएका छन् ।

बिहीबार भएको मनोनयनमा अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले उमेद्वारी दिएका छन् । त्यस्तै खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाले उमेद्वारी दिएका छन् । साथै महिला उपाध्यक्षमा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङले उमेद्वारी दिएका छन् । महासचिवमा शिशा राई , बन्धु पोखरेल, विवेक गौतम र फिपराज बेघाले उमेद्वारी दिएका छन् । त्यस्तै सचिव खुल्लातर्फ अबिजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बुले उमेद्वारी दिएका छन् ।

५ जना निर्वाचित हुने खुल्लातर्फका सदस्यका लागी कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोृयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई र सुरेन्द्र भण्डारीले उमेद्वारी दिएका छन् । ३ जना महीला सदस्यका लागि देविका चाम्लिङ राई, बिनादेवी तामाङ्ग, बिनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठक उमेद्वारी दिएका छन् ।
दलित सदस्यमा विपी दियाली र रणध्वज लाहोरले उमेद्वारी दिएका छन् । आदिवासी जनजातीतर्फ उपेन्द्र चाम्लिङ्ग, दिलकुमार लावती, यमनकुमार दनुवार, बिष्णु सुब्बाले उमेद्वारी दिएका छन् । यसैगरी मधेशी–२ सदस्यका लागि चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द्र मेहता, ब्रम्हदेव यादव, सुर्यनारायण यादवले उमेद्वारी दिएका छन् । अल्संख्यकतर्फ तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालको उमेद्वारी दिएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]