२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

१६ लाख मूल्य बराबरको तस्करीका सामान बरामद

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

विराटनगर, चैत्र २२
सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा ठूलो मूल्य बराबरको अवैध उपभोग्य सामाग्री बरामद गरेको छ ।
रङ्गेली नगरपालिका–५ आमगाछीस्थित धनाट्टि टोलबाट उपभोग्य सामाग्री र अन्य वस्तु तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले को १ ख ४४०० नम्बरको मिनी ट्रकमा भारतबाट तस्करी गरी ल्याएको एक दर्जन बोरा चिनी, ६४ बोरा धान, २÷२ बोरा चामल र गुहँ बिलबिजक नभएको अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बीओपी रङ्गेलीका प्रहरी निरीक्षक कमलबहादुर अधिकारी नेतृत्वको टोलीले १६ लाख मूल्य बराबरको अवैध उपभोग्य सामाग्री बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार मोरङको बेलबारीमा किराना पसल सञ्चालन गरेर बसेका भरत साहले तस्करीको सामान ल्याएको जनाएको छ । भरत साह अहिले फरार रहेको समेत प्रहरी जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]