०३ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

विश्वकै वायु प्रदूषित शहरमा काठमाडौं पनि

Logo
पिताम खतिवडा प्रकाशित मंगलबार, चैत्र २४, २०७७

काठमाडौं , चैत्र २४
काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा परेको छ । काठमाडौं शहरको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ । जुन स्वास्थ्यका लागि अत्याधिक हानिकारक रहेको छ । वायु प्रदूषण १ सय भन्दा बढी एक्युआई मापन भए  स्वास्थ्यकाे लागी हानिकारक मानिन्छ ।
यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० भन्दामाथि रहेको छ । काठमाडौंमा लगायतका क्षेत्रमा तुवाँलेले ढाकेको छ । घाम लाग्न सकेको छैन । यसअघि पनी करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो ।
तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]