२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बिराटनगरका ४ जना चोरीको आरोपमा पक्राउ

Logo

विराटनगर, चैत्र २५
जिल्ला प्रहरी कार्यालय मोरङले कटहरी गाउँपालिका १ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले जहदा गाउँपालिका ४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको जय बैष्णु फर्निचर उद्योगमा चैत्र २१ गते राती भएको चोरी संग्लग्न ४ जनालाई चैत्र २४ गते दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका ८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेका छन् । प्रहरीले उनीहरुबाट रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान,यल इ डी टि भी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार समेत बरामत गरेको छ ।
उनीहरुको थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]