१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

भष्ट्रचारको आरोप लागेका निलम्बित कर्मचारीले गरे आत्महत्या

सुसाइड नोटमा लेखे ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस’
Logo

उदयपुर, श्रावण २८
भष्ट्रचार गरेको आरोप लागेका एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरिप्रसाद आचार्यले आफुलाई लागको आरोप झुठो भएको सुसाईड नोट लेख्दै आत्महत्या गरेका हुन् । उनलाई सरकारी जग्गाव्यक्तिको नाममादर्ता गरिएको घटनामा लेनदेन गरेको आरोप लागेको छ । त्रियुगानगरपालिका १० घर भएका ५५ वर्षीय आचार्यललाई अख्तियार दुरुपयोग अनुसन्धानआयोगले जेठ ३ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आचार्य स्वैच्छिक अवकाशलिएर बसेका थिए ।
शुक्रबार दिउँसो घरबाट निस्किएका आचार्यलाई शनिबार एक किलोमिटर परको शिखरखुट्टे जंगलमा झुन्डिएको अवस्थामा भेटिएको थियो । परिवारले शुक्रबारै प्रहरीलाई केसी हराएको रिर्पोट गराएका थिए । प्रहरीका अनुसार आचार्य सखुवाको रूखमा प्लास्टिकको डोरीमा झुन्डिएको भेटिएका थिए ।
सुसाइड नोट
लासको खानतलासि गर्दा दुईपन्ने सुसाइड नोट प्रहरीले फेलापारेको थियो । उक्त नोट शुक्रबार बेलुकी लेखीएको सुसाईड नोटमा उल्लेख छ । नोटमा लेखिएको छ ‘सतीले सपारेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन तर म देशको ठूलो भ्रष्टाचारी भएँ,’ नोटमा थप लेखिएको छ ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस् । मजस्तो निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु ।’
नोटमा उनको घरमा भएका भैंसी र खसी जतिमा बिक्री हुन्छ बेचेर सहयोग गरिदिन आफन्तलाई आग्रह समेत गरेका छन् । बैंंकमा धेरै पैशा नभएको जानकारी गराउदै नोटमा लेखिएको छ ‘वाणिज्य, नेपाल, एनसीसी, एनआईसीलगायत बैंकमा के–कति पैसा छ, मैले चेक दराजभित्रको सानो ब्यागमा राखेको छु,’ । उनले छोरालाई स्नातक पढाउन नसकेकामा पछुतो लागेको समेत नोटमा उल्लेख गरेका छन् ।
के थियो त आरोप
बाँडभन्ज्याङ गाविसको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानबिन क्रममा उनी दोषी देखिएका थिए । सुयल हाउजिङ कम्पनीका नाममा नक्कली स्रेस्ता खडा गरेर धनी पुर्जा समेत उपलब्ध गराएको उजुरी परेको थियो ।
उक्त घटनामा मालपोत अधिकृत शिवप्रसाद रिमालसहित ७ कर्मचारीहरु कारवाहीको घेरामा तनिएका थिए । सरकारी न्यूनतम मूल्यांकन २ करोड २१ लाख १० पर्ने उक्त जग्गो मिलेमत्तोमा व्यक्तिको नाममापास गरिएको उनीहरुविरुद्ध आरोप थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]