०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नाका बन्द गरेर कोरोना रोकिदैन

Logo

विराटनगर, चैत्र २६
कोरोनाको प्रकोप भारतमा फेरी बढिरहेको छ । यसले नेपाललाई समेत असर गरिरहेको छ । नेपालले अहिले भारतसँग जोडिएको मुल नाका बन्द गरेको छ । सोही कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने क्रम मुल नाकाहरुबाट रोकिएको छ । नेपालको भारतसँग जोडिएको प्रमुख नाका २०७६ चैत्र ११ गते देखी बन्द छ । नाका बन्द भएको एक वर्ष बितिसक्दा पनि चोर बाटोबाट नेपाली आउने जाने क्रम जारी छ । उनीहरु प्रमुख नाका नभएर सहायक बाटोबाट नेपाल आउ–जाउ गर्ने गरिरहेका छन् । कति नेपालीहरु भारत गएका छन् कति नेपाल आएका छन् त्यसको तथ्याङक नेपाल सरकारसँग छैन । यस्तो अवस्थामा नाका बन्द गर्नुको अर्थ के रह्यो र ?
नेपाल–भारतको खुल्ला सिमाना छ । प्रमुख नाका सिमित छ, सहायक बाटोहरु निकै छन् । प्रमुख नाकाबाट आवत जावत कम छ तर सहायक बाटोबाट आवत जावत बढि छ । यसलाई व्यवस्थित गर्न तर्फ सरकारको ध्यान जान जरुरी छ ।

मोरङकै कुरा गर्ने हो भने यस क्षेत्रमा नेपाल र भारतको खुल्ला सिमाना छ । जोगवनीमा रेल आउँछ, कलकत्ता, दिल्ली लगायत अन्य सहरबाट नेपाल आउनेको संख्या निकै हुन्छ । भारततर्फ जानेको संख्या पनि उत्तिकै रहेको छ । रेलबाट यात्रा गर्ने व्यक्तीहरु विराटनगरको हुलास चौक, दरैया बस्ती , मेटेरुवा स्लामापुरको बाटोबाट आवत जावत गरीरहेका छन् । यसरी रेलबाट यात्रा गर्नेहरुको रेकर्ड नेपाल सरकारले राखेर सहजीकरण गर्नु जरुरी छ । तर हालसम्म त्यो काम भएको छैन् ।
भारतको विभिन्न सहरबाट रेलमा यात्रा गरी नेपाल आउनेको संख्या दैनिक १ सयको हाराहारीमा हुन्छ भने नेपालबाट भारतको विभिन्न सहरमा जानेको संख्या पनि सोही हाराहारीमा रहेको छ ।

रेलबाट भारत जाने र भारतबाट रेलमा नेपाल आउने व्यक्तिलाई एउटै मुल नाकाबाट प्रवेश गराई उनीहरुलाई सहज रुपमा आउने जाने वातावरण बनाउनु पर्छ । त्यसो गरे भारतको विभिन्न सहरबाट रेलको यात्रा गरी नेपाल आउने व्यक्तिको पहिचान सहजै हुन्छ । उनीहरुको रेकर्ड राख्न सकिन्छ भने मुल नाकामा उनीहरुको स्वाब लिई उनीहरुलाई उनीहरुकै अभिभावकको जिम्मा दिनु पर्ने हो ।
यसबाट भारतको बिभिन्न सहरको यात्रा गरी नेपाल आएकाको पहिचान सहजै रुपमा हुनेछ । उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएमा सहजै रुपमा सम्पर्क गर्न सकिन्छ । नेपालजस्तो देशमा लकडाउन वा बोडर सिल गर्नुनै कोरोना भाइरसको न्युनिकरण गर्ने माध्यम हुन सक्दैन , पहिचान गनु जरुरी छ, सरकारले यसलाई गहन रुपमा हेर्नुपर्छ ।
आर्कोतर्फ भारतमा कोरोनाको प्रकोप बढेपछी भारतमा रोजगारी गर्ने धेरै नेपालीहरु घर फर्कन चाहिरहेका छन् । सामान्य मजदुरी गर्नेहरुको लागी सरकारले गरेको नाकाबन्दी ठुलो चुनौती भएको छ । सरकारले नाका शिल गर्ने निर्देशन जारी गरेपछि उनीहरु आफ्नै देशमा प्रवेश गर्न समेत डराई रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]