०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

धरानमा खानेपानी चरम अभाव : मेयर भन्छन् ‘केही दिनमा पानी आउँछ’

Logo

धरान , चैत्र ३०
दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले खानेपानीको माग गर्दै खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छन् । उनीहरुले धरानमा खानेपानी अभाव हुन थालेपछि धरान १६ स्थित खानेपानीको विल काउन्टरमा एक सातादेखि ताला लगाएर धर्ना दिदै आएका छन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको दीर्घकालिन व्यवस्था नगरेमा अन्य महशुल केन्द्रहरु पनि बन्द गरेर धर्ना दिने संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले धरानका घरमा पानी पुग्नुपर्ने र सहुलियत दरमा शुल्क दिनुपर्ने माग राख्दै आएको छ । उनीहरुको माग बैशाख १ गतेसम्म सम्बोधन नभए २ गते धरानका मेयर तिलक राईको घर घेराउ गर्ने समेत चेतावनी दिएका छन् ।

बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले खानेपानी सहज बनाउनकै लागि दिनरात काम भइरहेको र अबको केही दिनमा एक दिन बिराएर पानी बितरण गर्ने बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]