२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

धरानमा खानेपानी चरम अभाव : मेयर भन्छन् ‘केही दिनमा पानी आउँछ’

Logo

धरान , चैत्र ३०
दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले खानेपानीको माग गर्दै खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छन् । उनीहरुले धरानमा खानेपानी अभाव हुन थालेपछि धरान १६ स्थित खानेपानीको विल काउन्टरमा एक सातादेखि ताला लगाएर धर्ना दिदै आएका छन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको दीर्घकालिन व्यवस्था नगरेमा अन्य महशुल केन्द्रहरु पनि बन्द गरेर धर्ना दिने संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले धरानका घरमा पानी पुग्नुपर्ने र सहुलियत दरमा शुल्क दिनुपर्ने माग राख्दै आएको छ । उनीहरुको माग बैशाख १ गतेसम्म सम्बोधन नभए २ गते धरानका मेयर तिलक राईको घर घेराउ गर्ने समेत चेतावनी दिएका छन् ।

बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले खानेपानी सहज बनाउनकै लागि दिनरात काम भइरहेको र अबको केही दिनमा एक दिन बिराएर पानी बितरण गर्ने बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]