१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu

विराटनगरमा एक सङ्क्रमितको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

विराटनगर, चैत्र ३०
उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको छ । झापा दमकका ९२ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।
उनलाई गत चैत २५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कोसी अस्पतालमा ल्याइएको थियो । चिनी रोगी समेत रहेका उनलाई उपचारका क्रममा आइतबार राति करिब १२ बजे मृत्यु भएको उपचार केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,१५ चैत । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको […]

ईटहरी, चैत १५ । पर्यटन र व्यापारको प्रवर्द्धनका लागि युवा उद्यमी मंचले कोशी प्रदेशस्तरीय मोटर र्‍याली गर्ने भएका छन् । मंचको विराटनगर, सुनसरी र झापा च्यापटरले संयुक्त रुपमा सो र्‍याली गर्ने भएको हो । मंचले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी सो र्‍यालीबारे जानकारी दिएको छ । चैत १६ गेत ईटहरीकाे होटल सोल्टी वेस्टेण्डबाट शरु हुने […]

विराटनगर,१४ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चैत १५ देखि२४ गतेसम्म विराटनगरको शहिद मैदान सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर […]