०३ साउन २०८३, आइतबार
19-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

“दाज्जु” को चिया पसल ईटहरीमा पनि

Logo

ईटहरी, चैत ३१
“दाज्जु” को चिया पसल ईटहरीमा पनि संचालनमा आएको छ । आधुनिक चिया घरको रुपमा विराटनगरमा करिब दुई वर्षअघि स्थापना भएको उक्त चिया घरले अत्याधिक लोकप्रयता कमाएपछि ईटहरीमा समेत सोही चिया घर संचालनमा ल्याईएको हो ।

ईटहरको विजुली अफिस लाईनमा संचालित उक्त चिया घर विराटनगरको भन्दा वृहत र व्यापक रहेको छ । नेत्र ज्योती संघद्धारा संचालित अस्पतालको एक सय मिटिर दक्षिणमा दाज्जुले आफ्नो चिया घर विस्तार गरेको छ ।

दाज्जु चिया पसलमा ६ थरीका दुधका चिया र ९ थरीका विना दुधको चिया उपलब्ध छ । मट्का, तन्दुर र अलैंची चिया यहाँको विषेशता हो । यहाँ माटोको भाडामा दिइने चियालाई मट्का चिया भन्ने गरिएको छ । उक्त चियामा नरिवलको धुलो समेत छरिएको हुन्छ ।

त्यस्तै तस्दुर चियामा, पहिला माटोको भाडालाई कोइलामा सेकेर त्यसमा चिया हाल्ने गरिन्छ जसको स्वाद अन्य चियाभन्दा अत्यन्तै फरक हुने गरेको चाख्नेहरु बताउछन् ।
चिया खाएपश्च्यात माटोको भाडोमा ग्राहकहरुले फिड–ब्याक दिन सक्ने वा सिग्नेचर गर्न सक्ने व्यवस्था समेत मिलाईएको छ । उक्त कोरिएका भाडालाई एक वर्षसम्म सम्झना स्वरुप रेष्टुरेन्टले आफ्नो डिसप्ले र्याकमा सबैले देख्ने गरी राख्ने गरेको छ ।

दाज्जु चिया पसलमा चिया बाहेक चिकेन विंग, हट–डग, बर्गर, निम्की, फ्राइज, सेलरोटी, र स्यान्डविंच पाउने गरको छ । दाज्जु ईटहरीमा नगरवासीको चाहनालाई मध्यनजगर गर्दै मःम र चाउमिन समेत अतिरिक्त डिसको रुपमा थपिएको छ । खानेकुरामा बर्गर र विंग्स यस रेष्टुरेन्टको स्पेशल आईटम रहेकाले एक पटक स्वाद चाख्नको लागी भएपनि दाज्जु चिया पसल आउनु हुन सबै ईटहरीवासीलाई संचालक कमलेश कोईरालाले आग्रह गरेका छन् ।

दाज्जु ईटहरीको संचालकमा कमलेश कोईराला, सरोज दवाडी, विवेक सुवेदी रहेका र दुर्गेश घिमिरे रहेका छन् । घिमिरे दाज्जु ब्राण्डका फाउण्डर समेत हुन् । घिमिरेले कुकिङमा डिप्लोमा गरिसकेको छन् भने विभिन्न देशहरुमा गई ठुला ठुला रेष्टुरेष्टहरुमा कुकिङ संबन्धि अनुभव बटुलिसकेका छन् ।

संचालक भन्छन् “चिया सबै तिर पाउने चिज हो, पसलैपिछे चियाको स्वाद फरक हुने गर्दछ सोही करण ईटहरीवासीले चियाको असली स्वाद अहिलेसम्म थाहा पाउन सकेका छैनन्” संचालकले प्रस्ट्याउदै भने “हाम्रो उद्देश्य स्वादमा अलमलिएका ईटहरीवासीलाई चियाको असिल स्वादसँग परिचित गराउने हो ”

“दाज्जु ईटहरी” विस्तारका लागी थप काम भईरहेकाे संचालक कमलेश काेइरालले जानकारी गराए । हाल दाज्जु चिया पसलमा दैनिक एक सय जनासम्म ग्राहक आउने गरका छन् उक्त रेष्टुरेन्ट संचालनको लागी कुक, वेटर र एकाउण्टेन्ट सहित आधा दर्जन कर्मचारीलाई नियुक्ती गरिएको छ । संचालक कोईराला आफै पनि रेष्टुरेन्टको सबै काम भिड्ने गर्दछन् ।

दाज्जु चिया पसलमा चिया बाहेक चिकेन विंग, हट–डग, बर्गर, निम्की, फ्राइज, र स्यान्डविंच पाउने गरको छ । खानेकुरामा बर्गर र विंग्स यस रेष्टुरेन्टको स्पेशल आईटम रहेकाले एक पटक स्वाद चाख्नको लागी भएपनि दाज्जु चिया पसल आउनु हुन सबै विराटनगरवासीलाई संचालक कमलेश कोईरालाले आग्रह गरेका छन् ।

याे पनि पढ्नुहाेस् : विराटनगरमा “दाज्जु” को चिया पसल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]