१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

“दाज्जु” को चिया पसल ईटहरीमा पनि

Logo

ईटहरी, चैत ३१
“दाज्जु” को चिया पसल ईटहरीमा पनि संचालनमा आएको छ । आधुनिक चिया घरको रुपमा विराटनगरमा करिब दुई वर्षअघि स्थापना भएको उक्त चिया घरले अत्याधिक लोकप्रयता कमाएपछि ईटहरीमा समेत सोही चिया घर संचालनमा ल्याईएको हो ।

ईटहरको विजुली अफिस लाईनमा संचालित उक्त चिया घर विराटनगरको भन्दा वृहत र व्यापक रहेको छ । नेत्र ज्योती संघद्धारा संचालित अस्पतालको एक सय मिटिर दक्षिणमा दाज्जुले आफ्नो चिया घर विस्तार गरेको छ ।

दाज्जु चिया पसलमा ६ थरीका दुधका चिया र ९ थरीका विना दुधको चिया उपलब्ध छ । मट्का, तन्दुर र अलैंची चिया यहाँको विषेशता हो । यहाँ माटोको भाडामा दिइने चियालाई मट्का चिया भन्ने गरिएको छ । उक्त चियामा नरिवलको धुलो समेत छरिएको हुन्छ ।

त्यस्तै तस्दुर चियामा, पहिला माटोको भाडालाई कोइलामा सेकेर त्यसमा चिया हाल्ने गरिन्छ जसको स्वाद अन्य चियाभन्दा अत्यन्तै फरक हुने गरेको चाख्नेहरु बताउछन् ।
चिया खाएपश्च्यात माटोको भाडोमा ग्राहकहरुले फिड–ब्याक दिन सक्ने वा सिग्नेचर गर्न सक्ने व्यवस्था समेत मिलाईएको छ । उक्त कोरिएका भाडालाई एक वर्षसम्म सम्झना स्वरुप रेष्टुरेन्टले आफ्नो डिसप्ले र्याकमा सबैले देख्ने गरी राख्ने गरेको छ ।

दाज्जु चिया पसलमा चिया बाहेक चिकेन विंग, हट–डग, बर्गर, निम्की, फ्राइज, सेलरोटी, र स्यान्डविंच पाउने गरको छ । दाज्जु ईटहरीमा नगरवासीको चाहनालाई मध्यनजगर गर्दै मःम र चाउमिन समेत अतिरिक्त डिसको रुपमा थपिएको छ । खानेकुरामा बर्गर र विंग्स यस रेष्टुरेन्टको स्पेशल आईटम रहेकाले एक पटक स्वाद चाख्नको लागी भएपनि दाज्जु चिया पसल आउनु हुन सबै ईटहरीवासीलाई संचालक कमलेश कोईरालाले आग्रह गरेका छन् ।

दाज्जु ईटहरीको संचालकमा कमलेश कोईराला, सरोज दवाडी, विवेक सुवेदी रहेका र दुर्गेश घिमिरे रहेका छन् । घिमिरे दाज्जु ब्राण्डका फाउण्डर समेत हुन् । घिमिरेले कुकिङमा डिप्लोमा गरिसकेको छन् भने विभिन्न देशहरुमा गई ठुला ठुला रेष्टुरेष्टहरुमा कुकिङ संबन्धि अनुभव बटुलिसकेका छन् ।

संचालक भन्छन् “चिया सबै तिर पाउने चिज हो, पसलैपिछे चियाको स्वाद फरक हुने गर्दछ सोही करण ईटहरीवासीले चियाको असली स्वाद अहिलेसम्म थाहा पाउन सकेका छैनन्” संचालकले प्रस्ट्याउदै भने “हाम्रो उद्देश्य स्वादमा अलमलिएका ईटहरीवासीलाई चियाको असिल स्वादसँग परिचित गराउने हो ”

“दाज्जु ईटहरी” विस्तारका लागी थप काम भईरहेकाे संचालक कमलेश काेइरालले जानकारी गराए । हाल दाज्जु चिया पसलमा दैनिक एक सय जनासम्म ग्राहक आउने गरका छन् उक्त रेष्टुरेन्ट संचालनको लागी कुक, वेटर र एकाउण्टेन्ट सहित आधा दर्जन कर्मचारीलाई नियुक्ती गरिएको छ । संचालक कोईराला आफै पनि रेष्टुरेन्टको सबै काम भिड्ने गर्दछन् ।

दाज्जु चिया पसलमा चिया बाहेक चिकेन विंग, हट–डग, बर्गर, निम्की, फ्राइज, र स्यान्डविंच पाउने गरको छ । खानेकुरामा बर्गर र विंग्स यस रेष्टुरेन्टको स्पेशल आईटम रहेकाले एक पटक स्वाद चाख्नको लागी भएपनि दाज्जु चिया पसल आउनु हुन सबै विराटनगरवासीलाई संचालक कमलेश कोईरालाले आग्रह गरेका छन् ।

याे पनि पढ्नुहाेस् : विराटनगरमा “दाज्जु” को चिया पसल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]