२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

पुराना कागज भारततर्फ तस्करी हुन थालेपछि कार्टुन फ्याक्ट्री संकटमा

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

विराटनगर, वैशाख २
प्याकेजिङ उद्योगहरु धरासयी भएको भन्दै समस्या समाधानका लागि व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न उद्योगहरुमा प्याकेजिङका लागि प्रयोग हुने कोरुगेटेड बक्स अर्थात कार्टुन बनाउने उद्योगहरु धरासायी अवस्थामा पुगेको भन्दै व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन् ।

कार्टुन बनाउन प्रयोग हुने मुल कच्चा पदार्थ पेपर हो र सो कच्चा पदार्थको अभाव तथा आयतित मुल्य बृद्धीको कारण कार्टुन उद्योगहरु संकटमा परेको नेपाल कोरुगेटेड बक्स उत्पादन संघ प्रदेश १ का संयोजक रिसव दाहालले बताए ।

६ महिनाको अवधिमा कच्चा पदार्थ पेपरको मुल्य ९० प्रतिशतसम्म बढेको छ । भारतमा समेत अत्याधिक मुल्य वृद्धि भएको कारण भारत बाट पेपर आयात गर्न नसकिने अवस्था सिर्जना भएको भन्र्दै तत्काल समस्याको समाधान खोजिदिनसंयोजक दाहालले आग्रह गरेका छन् ।
पेपर बनाउन प्रयोग हुने वेस्टेज पेपर तथा पुराना कार्टुनहरु चोरी बाटोबाट भारत तर्फ निर्यात हुन थालेपछी पेपर बनाउने पेपर मिलहरु पनी कृत्रिम अभावको चपेटमा परेका छन् । जसका कारण अस्वस्थ प्रतिस्पर्धाका बढीरहेको छ भने ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रदेश १ मा रहेका २१ वटा उद्योगका संचालकहरुले संघमार्फत नेपाल उद्योग परिसंघ प्रदेश १का अध्यक्ष भिम घिमिरेलाई समस्या समाधानका लागी पहल गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले तत्काल समस्या समाधानका लागि आफु गम्भिर भएर अगाडि बढ्ने व्यवसायीलाई आश्वस्त बनाएको समेत संघले जनाकारी गराएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]