२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित

Logo

झापा, वैशाख ६
प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् ।

स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् ।

शनिवार राति अवेर सम्पन्न फाइनल प्रातियोगितामा आफ्ना नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका थिए । यो संगै उनीहरुले ट्रफी, मेडल , प्रमाणपत्र र नगद ५० – ५० हजार रुपैयाँ हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भएका छन् । त्यस्तै प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोािष्त भइन् । प्रातियोगिताका विजयीले काठमाडौंस्थित इम्पेरियल विज्नेश कलेजमा वीवीए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् ।

प्रालिले गतवर्षदेखि प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए ।
१५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रातियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा ९ प्रातिष्पर्धी पुग्न सफल भएको कार्यकारी अधिकृत राजवंशीले बताए ।
नेपाल पत्रकार महासंघ झापाका नव निर्वाचित अध्यक्ष एकराज गिरीले प्रमुख अतिथिकिो आशनबाट बोल्दै युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरेका थिए ।
प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]