०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

“ईद मुबारक”

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

तस्बीरः बिष्णु ढाकालको फेसबुकबाट

विराटनगर, श्रावण २८
एउटा भनाई छ “कलाकार कुनै धर्म हुदैन”, वास्तबमै हो र छ । यो भनाई माथिको तस्बीरले पुष्ठी गर्दछ । उक्त तस्वीरमा एक मुुसलमान युवाले हिन्दुधर्मको देउताको प्रतिमा माटोले बनाईरहेको देख्न सकिन्छ । जसले कलाकारको फराकिलो सोचलाई दर्शाएको छ । कलाकारले धर्मलाईभन्दा कर्मलाई बढी महत्व दिने गरेको कुरा यो तस्बीरले प्रष्ट पार्दछ ।
उक्त तस्बीर समाजिक संजालमा अहिले भाईरल भईरहेको छ । सोमबार मुस्लिम धर्मालम्बीहरुको महान चाँड बकर ईदको अवसर पारी नेपाल तथा भारतका थुप्रै समाजिक संजाल प्रयोगकर्ताहरुले उक्त तस्बीर सेयर गरेका थिए । समाजिक संजाल प्रयोगकर्ताहरुले कलाकारहरुको सोच वास्तबमै फराकिलो भएको प्रंशासा गरी “ईद मुबारक” भन्दै उक्त फोटो पोष्ट गरेका थिए ।
उक्त फोटो कस्को हो कसले खिचेको र कहाँ खिचेका हो भन्ने हालसम्म खुल्न सकेको छैन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]