०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

५३ प्रिन्ट रगत संकलन

Logo

विराटनगर, वैशाख २२
विराटनगरःनेकपा एमालेको खनाल नेपाल पक्ष युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ प्रिन्ट रगत संकलन गरेको छ ।

रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो ।संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई बिहिबार उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष शुरेन शाक्याले बताए । अध्यक्ष शाक्यले महामारीका कारण रक्तदान कार्यक्रम नहुदा बिरामीलाई आवश्यक पर्ने रगत पाउँन समेत कठिनको अहिलेको अबस्थामा थोरै भएपनि यसले सहजता थपिने बताए ।

नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको रक्त संचार केन्द्र विराटनगरका प्राविधिक इन्चार्ज शिवनन्द यादवले केही दिनयताबाट केन्द्र समेत रगतको चरम अभावका कारण माग अनुसार रगत उपलब्ध गराउन नसकिरहेको अबस्थामा युवासंघले आयोजना गरी संकलित गरेको रगतले थोरबहुत भएपनि राहात मिल्ने बताए ।
उनले विभिन्न सामाजिक संघ सस्थालाईपनि रक्तदान कार्यक्रय आयोजना गरी दिन अपिल समेत गरे । कोरोनाको कहरका कारण डरले पूर्व तयारीका रक्तदान कार्यक्रम स्थागित हुदा केन्द्रमा रगतको अभाव चुलिएको यादवको भनाई छ ।

बिषेश गरी दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरूका आफन्त रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको प्राविधिक इन्चार्ज यादबले जानकारी दिए।
केही महिना अघिसम्म पर्याप्त रक्तसंकलन गरेपनि विगत तिन साता यतादेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको उनले बताए।
रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरूले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने प्राविधिक इन्चार्ज यादवले भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]