२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

बिजुलीबजार पुल मुनीको सडक तत्काल बनाउन आयुक्त्त ढकालकाे निर्देशन

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित विजुलीबजारको आर्काे ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छिन्।
साेमबार बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुगेकी प्राधिकरणकी आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनाउन निर्देशन दिएकी थिइन् ।

करिब ६ महिना अघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरेका थिए। त्यसको करिब १५ दिनपिछि सो ट्रयाक खुलेको थियो । ट्रयाक खुलेपनि खानेपानीको पाईपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो । समस्या सुनुवाई गर्न बिजुलीबजार पुलमुनीको बाटो निरीक्षण गर्न पुगेकी प्राधिकरणकी आयुक्त ढकालले सकेसम्म चालु आबमा सो ट्रयाकलाई व्यवस्थित बनाउने बताइन्। उनले भनिन् “राजधानीको सावारी जाम कम गर्न महत्वपुर्ण धोबीखोला करिडोरको क्षेत्रमा समस्या देखिएका सबै बाटो खोल्नेछौ । ” जहा समस्या देखिएको छ,सो स्थानमा आफु उपस्थित भएर गुनासो सुनुवाई गरी काम अघि बढाउने बताउदै विकास आयुक्त ढकालले भनिन्  “आगामी आबमा धोबीखोला करिडोरको सबै काम पुरा गर्नेछौ ।”

धोबीखोला करिडोर आयोजनाका प्रमुख दिनेश पोते सहितको टोलीसंगै निरीक्षण गर्न पुगेकी ढकालले हाल देखिएको समस्या समाधान गर्न सबै सरोकारवाला, स्थानीय टोल सुधार समितिको बैठक बोलाएर निर्णय गर्ने बताइन्।  हाल देखेको समस्या तत्काल सुमाधान गर्ने क्रममा आवश्यक परे मन्त्रालयको समेत सहयोग लिइने उनकाे भनाई थियो ।

आयोजना प्रमुख पोतेले करिडोरको हालसम्म ९० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी गराए। उनले भने “अब करिब ३० करोड रुपिया आवश्यक पर्ने देखिएको छ , आगामी आबमा सो बजेट प्राप्त भए सम्पुर्ण काम सक्नेछौ ।” टोलीले बुढानिलकण्ठ नजिक रहेको तेस्रो चरणको कामको निरक्षण गरेको थियो । निरीक्षण गर्ने क्रममा आयोजना प्रमुख पोतेले करिब ३ बटा घरको मुआब्जा विवादको कारण निलोपुल क्षेत्रमा काम गर्न समस्या परेको जिकिर गरे ।
करिब एकसाता अघि मात्र नियुक्ति भएकी  आयुक्त ढकालले आफुले उपत्याकावासीलाई महसुस हुने काम गर्ने जानकारी गराउदै आफ्नो पहिलो प्राथमिकता धोबीखोला करिडोर सम्पन्न गर्नु रहेको बताइन् ।
एघार वर्षअघि शुरु भएको सो आयोजनामा हालसम्म ३ अर्ब ११ करोड रुपिया खर्च भैसकेको छ। साढे ४ अर्ब रुपियाँ लागतमा सम्पन्न गर्ने योजना रहेको सो परियोजना अन्तर्गत हालसम्म २३ किमि सडक, करिब ३ किमि ढल व्यवस्थापन र निर्माण , र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भैसकेको छ ।
विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनीको ट्रयाक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]