१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बिजुलीबजार पुल मुनीको सडक तत्काल बनाउन आयुक्त्त ढकालकाे निर्देशन

Logo

काठमाडौं, वैशाख २८

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित विजुलीबजारको आर्काे ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छिन्।
साेमबार बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुगेकी प्राधिकरणकी आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनाउन निर्देशन दिएकी थिइन् ।

करिब ६ महिना अघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरेका थिए। त्यसको करिब १५ दिनपिछि सो ट्रयाक खुलेको थियो । ट्रयाक खुलेपनि खानेपानीको पाईपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो । समस्या सुनुवाई गर्न बिजुलीबजार पुलमुनीको बाटो निरीक्षण गर्न पुगेकी प्राधिकरणकी आयुक्त ढकालले सकेसम्म चालु आबमा सो ट्रयाकलाई व्यवस्थित बनाउने बताइन्। उनले भनिन् “राजधानीको सावारी जाम कम गर्न महत्वपुर्ण धोबीखोला करिडोरको क्षेत्रमा समस्या देखिएका सबै बाटो खोल्नेछौ । ” जहा समस्या देखिएको छ,सो स्थानमा आफु उपस्थित भएर गुनासो सुनुवाई गरी काम अघि बढाउने बताउदै विकास आयुक्त ढकालले भनिन्  “आगामी आबमा धोबीखोला करिडोरको सबै काम पुरा गर्नेछौ ।”

धोबीखोला करिडोर आयोजनाका प्रमुख दिनेश पोते सहितको टोलीसंगै निरीक्षण गर्न पुगेकी ढकालले हाल देखिएको समस्या समाधान गर्न सबै सरोकारवाला, स्थानीय टोल सुधार समितिको बैठक बोलाएर निर्णय गर्ने बताइन्।  हाल देखेको समस्या तत्काल सुमाधान गर्ने क्रममा आवश्यक परे मन्त्रालयको समेत सहयोग लिइने उनकाे भनाई थियो ।

आयोजना प्रमुख पोतेले करिडोरको हालसम्म ९० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी गराए। उनले भने “अब करिब ३० करोड रुपिया आवश्यक पर्ने देखिएको छ , आगामी आबमा सो बजेट प्राप्त भए सम्पुर्ण काम सक्नेछौ ।” टोलीले बुढानिलकण्ठ नजिक रहेको तेस्रो चरणको कामको निरक्षण गरेको थियो । निरीक्षण गर्ने क्रममा आयोजना प्रमुख पोतेले करिब ३ बटा घरको मुआब्जा विवादको कारण निलोपुल क्षेत्रमा काम गर्न समस्या परेको जिकिर गरे ।
करिब एकसाता अघि मात्र नियुक्ति भएकी  आयुक्त ढकालले आफुले उपत्याकावासीलाई महसुस हुने काम गर्ने जानकारी गराउदै आफ्नो पहिलो प्राथमिकता धोबीखोला करिडोर सम्पन्न गर्नु रहेको बताइन् ।
एघार वर्षअघि शुरु भएको सो आयोजनामा हालसम्म ३ अर्ब ११ करोड रुपिया खर्च भैसकेको छ। साढे ४ अर्ब रुपियाँ लागतमा सम्पन्न गर्ने योजना रहेको सो परियोजना अन्तर्गत हालसम्म २३ किमि सडक, करिब ३ किमि ढल व्यवस्थापन र निर्माण , र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भैसकेको छ ।
विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनीको ट्रयाक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]