१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बिल आउँछ, पानी आउँदैन

प्रमुख शैलेन्द्र शाहसँग उपोभोक्ता रुष्ट
Logo

दिनेश खड्का
विराटनगर, श्रावण २९
नेपाल खानेपानी संस्थान, विराटनगर शाखासंग अहिले यहाँका आम–उपोभोक्त रुष्ट छन् । महिनौ दिनदेखि घरको धारामा पानी आउन छोडेपछि उपोभोक्ताहरु संस्थानसंग रुष्ट बनेका हुन् । पानीको आभवका कारण हाल विराटनगरका विभिन्न ठाँउका उपोभोक्ताहरुले आफ्नो दैनिक जिवन कष्ठकर ढंगले चलाईरहेका छन् ।
विराटनगरको विभिन्न ठाँउमा अहिले सडक निमार्ण र खानेपानी पाईपीङको काम भईरहेको छ । सडक निमार्णका क्रममा जडान् भंग गरिएका र भत्किएका धेरै ठाउँका पानीको पाईपहरु अहिले मर्मत भईसकेका छन् । महिनौ दिनअघि पाईपीङको काम सम्पन्न भईसकेका ठाउँहरुमा समेत अझसम्म पानी आउन नसकेको उपोभोक्ताहरुको गुनासो छ । मर्मत भईसकेका पाईपहरु खानेपानी संस्थानले समयमै उपभोक्ताको घरसम्म नपु¥याई दिदा धारामा पानी नआएको उनीहरुको भनाई छ ।
विराटनगर शनीहाट निवासी ज्ञानेन्द्र पराजुलीको घरमा करिब ३ महिना देखि पानी आईरहेको छैन् । उनको घर अहिले कोशी एफएमले लिजमा लिएको छ । एफएमका एक कर्मचारी भन्छन् ‘धारामा करिब ३ महिनादेखि पानी आईरहेको छैन्, बिल भने नियमित आईरहेको छ’ उनले थपे ‘पानी नै नआएपनि न्युनतम महशुल १ सय १० रुपैया तिर्नै पर्छ र तिर्दै पनि आएको छौं’ । खाने पानीको विक्लप नहुदा अहिले सबै कामकाजको लागी जारको पानी चलाईरहेको ती कर्मचारीको भनाई छ ।
त्यस्तै विराटनगर ६ का अस्थाई निवासी सुरेश महतोले पनि पानीको कारण आफुले समस्या भोग्नु परेको बताउछन् । उनी भन्छन् ‘मेरो डेरा तेस्रो तल्लामा छ, पहिलो तल्लामा पानी आउछ, दोस्रो तल्ला आए जस्तो मात्र गर्छ, तेस्रो तल्लामा एक थोपो पानी आउदैन् ।’
एक्त विषयमा खानेपानी विराटनगरका प्रमुख शैलेन्द्र शाहले पानी तान्ने पम्प कमजोर भएकाले पानीको फोर्स नपुगेकोे हुनसक्ने प्रतिक्रिया दिएका छन् । उनीले भने ‘हामी पुरानै पम्पलाई मर्मत गरी चलाईरहेका छौं नयाँ पम्प किन्ने बजेट छैन्, पानी आउदैन भने उपोभोक्ताले अब विकल्प खोज्नुपर्छ ’ ।
यस्तो गैर–जिम्मेवारीपुर्ण जवाफ आएपछि अहिले उपोभोक्ताहरु खानेपानी विराटनगरका प्रमुख शैलेन्द्र शाहसँग रुष्ट छन् । पम्प कम्जोर भए मर्मत गर्न अथावा नयाँ पम्प जडान गर्न दाबाव दिदै आएपनि खानेपानीको प्रमुखले आनाकानी गर्दै कुरा टार्ने गरेको उपोभोक्ताहरुको गुनासो छ ।
यस बाहेक पनि बेला बेला फोहर पानी आउने, पानीको साट्टो हावा मात्र आउने र समयतालिका अनुसार पानी समेत नआउने विराटनगरवासीले गुनासो गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]