३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

विराटनगर, असोज २५
विराटनगर भन्सारका एजेन्ट गुलाब साह अवैध ढंगले मालसमान पास गराउने खेलमा संक्रिय भएको पाईएको छ । बेला बेला भन्सार तथा राजस्वको विवादमा तानिरहने एजेन्ट साह अहिले भिसिटिएस बिनै मालसमान पास गराउने खेलमा सक्रिय भएको पाईएका छन् ।

एजेन्ट गुलाब साहले छोरा मन्टु साहलाई अहिले भन्सार सेटिङ मिलाउने जिम्मा लगाएर बिना भिसिटिएस समान पास गराउने गरेको खुलासा भएको छ । बाबु गुलाबको निर्देशनमा छोरा मन्टुले विराटनगर भन्सारबाट अहिले विभिन्न फर्मको मालसमान भिसिटिएस विनै जाँचपास गराउने गरेको रहस्य समेत खुलेको छ ।

एक साता अघि विराटनगरको पारिजात चोकबाट ३४ लाख बराबरको कपडा बोकेको ट्याक्टर प्रहरीले पक्राउ परेपछि एजेन्ट गुलाब साह र उनका छोरा मन्टु साहको कालो कर्तुतको पर्दाफास हुन पुगेका थियो । एजेन्ट साहमार्फत जाँचपास किलियर भएको उक्त मालसमनलाई ढुवानी गर्न प्रयोग भएको ट्याक्टर भिसिटिएस प्रणालीमा उल्लेख नभएको पाईएको थियो ।

पक्राउ परेको मालसामान विराटनगरस्थित जया इम्पेक्सले आयत गरेको बुझिएको छ । भिसिटिएसमा गाडि नम्बर उल्लेख नगरी जाँचपास गराउन नमिल्ने भन्सार प्रवाधन रहेपनि भन्सार कर्मचारीसँगको सेटिङमा साह बाबु–छोराले उक्त गोरखधन्धा चलाउने गरेको बुझिएको छ । सोही कारण उक्त मालसामानमा चेकजाँँचमा खटिएका कर्मचारी तथा एजेन्ट गुलाब साहलाई एव् उनका छोरा मन्टुलाई राज्यको नियामक निकायले अनुसन्धानको दायरामा ल्याउन जरुरी देखिएको छ ।
एजेन्ट साहको विराटनगरमा मार्वल तथा हर्डवेयरको स्टोरसमेत रहेको छ । उक्त स्टोर समेत बेलाबेला राजस्व छलीको विवादमा मुछिरहेने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]