०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरलाई राती पनि खुला गराउने तयारीमा प्रदेश सरकार

Logo

कार्तिक ३०, विराटनगर

विराटनगरलाई रात्रीकालिन अवस्थामा समेत खुला गराउन प्रदेश १ सरकारले आन्तरिक गृहकार्यकाे थालनी गरेकाे छ। उक्त एजेण्डालाई सफल पार्न प्रदेशका नवनियुक्त आन्तरिक मामिला मन्त्री केदार कार्की र विराटनगरका मेयर भिम पराजुली आन्तरिक गृहकार्यमा जुटेका छन् ।

रात्रीकालिन अवस्थामा सहर खुल्ला गराउनका लागी अवश्यक पर्ने सुरक्षा व्यवस्था र स्रोतसाधनको विषयमा संघीय सरकारसंग परामर्श गर्ने प्रदेश सरकारको योजना रहेको छ । विषेशगरी संघिय सरकार मार्फत खटिएका प्रशासनिक निकायहरुलाई रात्रीकालिन अवस्थामा खटाउन संघिय सरकारलाई अग्रह गर्ने मन्त्री कार्किको विचार रहेको छ । स्रोतको अनुसार संघिय सरकारबाट असहयोग भए प्रदेश सरकारले आफ्नै स्रोतसाधन तथा आन्तिरिक जनशक्तिको प्रयोग गरेर भएपनि रात्रीकालिन अवस्थामा प्रदेशको राजधानि विराटनगरलाई संचालनमा ल्याउने तयारी गर्दै छ ।

प्रदेश सरकारले परिक्षणको लागी शुरुमा रातीको बाह्र बजेसम्म विराटनगरको मुख्य बजारहरु संचालनमा ल्याउने सोच बनाएको छ । क्रमश: पुर्ण विराटनगरक्षेत्रलाई नै २४ घण्टा संचालनमा ल्याउने प्रदेश सरकारको भावी योजना रहेको छ ।
विराटनगरका मेयर भिम पराजुलीले आफु निर्वाचित भएदेखिनै विराटनगरलाई रात्रीकालिन अवस्थामा समेत खुलाउनु पर्ने विषयमा प्रदेश एव संघिय सरकारसंग पहल गरिरहेका थिए । तर केन्द्र र प्रेदश सरकारमा विराटनगरका कुनै पनि प्रभावशाली नेता नभएका कारण विराटनगरलाई रात्रिकालिन अवस्थामा संचालनमा ल्याउन मेयर पराजुली सफल भएका थिएनन् । प्रदेश सरकार परिवर्तन भएर आन्तिरिक मामिला मन्त्रालयमा विराटनगरकै रैथाने केदार कार्कि मन्त्री भएर आएपछि विराटनगरलाई रात्रीकालिन अवस्था खुलाउने पर्ने विषयले पुन: प्रथमिकता पाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]