२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा निरौला

Logo
प्रकाशित सोमबार, फाल्गुण ०२, २०७८

विराटनगर, फाल्गुन २

नेपाल प्रेस युनियन मोरङको कार्यबाहक अध्यक्षमा कौशल निरौला चयन भएका छन् । युनियनका अध्यक्ष भोजराज बस्नेत नेपाली कांग्रेस मोरङको सदस्य भएसंगै विधानत उनको पद खारेज भएको थियो । नेपाल प्रेस युनियन केन्द्रीय समितिले आइतवार निरौलालाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिएको छ । यससंगै निरौला मोरङको अध्यक्ष बनेका छन् ।

निराैलाले आफु मनोनित भएसंगै फेसबुकमा  स्टाटस लेखेका छन् ” नेपाल प्रेस युनियन मोरङको कार्यबाहक अध्यक्ष पदको जिम्मेबारी दिएकोमा नेपाल प्रेस युनियन केन्द्रीय कमिटी प्रति हार्दिक आभार प्रकट गर्दछु । रिक्त रहेको मोरङको अध्यक्ष पदमा पाएकोे जिम्मेबारीलाई म अत्यन्त सम्यमताका साथ पुरा गर्ने छु । नेपाली कांग्रेसको सुभेच्छुक संस्थाकारुपमा रहेको यस संस्थामा गोलबद्धरहनु भएका सवै अग्रज,सुभेच्छुक तथा मेरा अनन्य साथीहरु संग हातेमालो गर्दै संस्थागत हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । म भनेर होइन हामी र हाम्रो भन्ने मान्यता स्थापित गर्ने छु ।”

उनले आफ्नाे कार्यकालमा  युनियनकाे लागि विराटनगरमा जग्गाको लागि पहल गर्ने, युनियनको संख्या र पहिचान गर्ने,  अग्रजहरुको पुस्तक प्रकाशन गर्ने, पूर्व नेतृत्वहरुकाे विवरण अभिलेखिकरण र परिचयपत्रको व्यवस्था गर्ने कार्ययाेजना समेत सार्वजनिक गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]