२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा निरौला

Logo

विराटनगर, फाल्गुन २

नेपाल प्रेस युनियन मोरङको कार्यबाहक अध्यक्षमा कौशल निरौला चयन भएका छन् । युनियनका अध्यक्ष भोजराज बस्नेत नेपाली कांग्रेस मोरङको सदस्य भएसंगै विधानत उनको पद खारेज भएको थियो । नेपाल प्रेस युनियन केन्द्रीय समितिले आइतवार निरौलालाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिएको छ । यससंगै निरौला मोरङको अध्यक्ष बनेका छन् ।

निराैलाले आफु मनोनित भएसंगै फेसबुकमा  स्टाटस लेखेका छन् ” नेपाल प्रेस युनियन मोरङको कार्यबाहक अध्यक्ष पदको जिम्मेबारी दिएकोमा नेपाल प्रेस युनियन केन्द्रीय कमिटी प्रति हार्दिक आभार प्रकट गर्दछु । रिक्त रहेको मोरङको अध्यक्ष पदमा पाएकोे जिम्मेबारीलाई म अत्यन्त सम्यमताका साथ पुरा गर्ने छु । नेपाली कांग्रेसको सुभेच्छुक संस्थाकारुपमा रहेको यस संस्थामा गोलबद्धरहनु भएका सवै अग्रज,सुभेच्छुक तथा मेरा अनन्य साथीहरु संग हातेमालो गर्दै संस्थागत हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । म भनेर होइन हामी र हाम्रो भन्ने मान्यता स्थापित गर्ने छु ।”

उनले आफ्नाे कार्यकालमा  युनियनकाे लागि विराटनगरमा जग्गाको लागि पहल गर्ने, युनियनको संख्या र पहिचान गर्ने,  अग्रजहरुको पुस्तक प्रकाशन गर्ने, पूर्व नेतृत्वहरुकाे विवरण अभिलेखिकरण र परिचयपत्रको व्यवस्था गर्ने कार्ययाेजना समेत सार्वजनिक गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]