१० आषाढ २०८२, मंगलबार
24-06-2025 , Tue
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

मर्छु भन्दै फलामकाे सिक्रि र पेटीको बक्कल निलेपछि

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

विराटनगर, चैत २
नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले एक युवकको पेटबाट फलामको सिक्री र पेटीको बक्कल निकालेका छन् ।
भोजपुर जिल्लाको भोजपुर नगरपालिका १२ वस्ने २१ वर्षीय युवकको शरिरभित्रबाट सिक्री र बक्कल निकालएको हो ।

ति युवको पेटभित्र सिक्री र बक्कल भने खाना नलीमा अड्किएको अवस्थामा भेटिएको अस्पतालले जनाएको छ । आत्माहत्या गर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ । बक्कल र सिक्री निलेर उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि युवकलाइ अस्पताल ल्याईएको बुझिएको छ ।

नोबेलका चिकित्सकद्धय डा. ध्रुवनारायण शाह र मोहन खड्काको टोलीले इण्डोस्कोपिक विधिमार्फत विरामीको मुखबाट बक्कल र दिसा नलीबाट सिक्री निकालेको अस्पतालले जनाएको छ । उपचारपछि ती युवक अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]

विराटनगर २८ जेठ : विराटनगर महानगरपालिकाले केही दिनदेखि बढेको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक सूचनामार्फत जेठ २८ देखि ३० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेका हुन् । महानगरपालिकाद्वारा विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ,’प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक […]

विराटनगर २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा […]