१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

भद्रपुर नगरपालिकाभित्रको बेथिति

नगर प्रमुख श्रेष्ठको दादागिरी सतहमा
Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

विराटनगर, चैत ९
✍ निरज बस्नेत

शरिरको उँचाइ अग्लो हुने बित्तिकै विचार अनि काम गराई उँचो हुन्छ भन्ने कदापी नहुदो रहेछ । यो भनाई भद्रपुर नगरपालिकाका नगर प्रमुख जिवन कुमार श्रेष्ठको हकमा लागु हुन्छ ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित श्रेष्ठको समान्य बोलचाली समेत उटपट्याङ किसिमको छ । नगरपालिकामा आउने सेवाग्राही प्रति आक्रोसित व्यवहार गर्दै सिंह झैं गर्जिन्छन् उनी ।

नगरमा १० वटा वडा कार्यालय छन् । प्राय वडाध्यक्षहरु श्रेष्ठको काम गराई र व्यवहार प्रति असन्तुष्ट छन् । नगरप्रमुख श्रेष्ठको अफिसियल नं ९८५२६७९९९९ हो । त्यसमा जो कोहिले फोन गर्यो , प्राय उठ्दैन, उठिहालेमा उनले गर्ने व्यवहार थाहा भई हाल्छ । जनप्रतिनिधि भनेको सवैको प्रतिनिधि हो । नगरवासीको हकमा नरम हुनु र राम्रो व्यवहार आचरण देखाउनु उसको दायित्व हुन्छ । तर शिष्टचारको सवालमा श्रेष्ठ कठोर छन् । आफ्नो नगरभित्रको मात्र नभएर अर्को ठाँउबाट आउने अतिथिलाई पनि उनले सत्कार गर्न जानेका छैनन् । यो ५ वर्षको कार्यकालमा नगरवासी र भद्रपुर नगरपालिका आउने सबैले प्रमुख श्रेष्ठको व्यवहार चालपाईसकेका छन् ।

केहि समयअघिको कुरा हो । मेची महाकाली शान्ति यात्रामा हिडेका टिम उनको तुच्छ व्यवहारको सिकार बनेका थिए । सो शान्ति यात्राको टिममा दुई व्यक्ति थिए । एक जना नोयेन्द्र अर्का रुद्र । हिड्दै ७७ जिल्ला पुग्ने र मुलुकमा स्थायी शान्ति वास्तविकतामा आओस तथा महिला हत्या हिंसा बलात्कार विरुद्ध देशव्यापी सचेतना फैलाउने दुवैको लक्ष्य थियो । जोडदार आवाज मुखरित गर्दै महान् लक्ष्यका साथमा पवित्र उद्देश्य बोकर हिडेका दुई युवालाई श्रेष्ठले घिनलाग्दो दादागिरी देखाए । यात्राका क्रममा अतिथि भएर भद्रपुर पुगेका पदयात्रीद्धय नोयेन्द्र रुद्रलाई श्रेष्ठले प्रश्न गरे “तिमिहरु यँहा आउदा के फाईदा हुन्छ ? यस्तो वाईयातमा टाइपास गरेर के लाभ भयो ?”
ति तुच्छ वचन सुन्दा श्रेष्ठ कुनै जनप्रतिनिधि नभएर फाईदा र घाटाको कारोवार गर्ने व्यापारी जस्तो भान भएको तितो अनुभव सुनाउछन् नोयेन्द्र र रुद्र ।

भद्रपुर नगरपालिकामा नगरका प्रमुख प्रसाशकिय अधिकृत, लेखा अधिकृत र अन्य कर्मचारी समेत परेशान भईसकेको पाईयो । हतपत्त नगरपालिका नआउने आई हालेमा भित्र कार्यकक्ष नछिर्ने, बाहिरै प्यासेजमा कुर्सिमा बस्ने, ऊपर खुट्टी लाउने , खुट्टो हल्लाउने, अनी भाषण छाट्ने, वादमा यताउती हेर्यो, मिटिङ भन्यो, बढीमा एक घण्टासम्म बस्ने , अनी कुलेआम टापकस्ने यही प्रवृति भद्रपुर नगरपालिकाको नगरप्रमुख जिवन कुमार श्रेष्ठको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]