१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भद्रपुर नगरपालिकाभित्रको बेथिति

नगर प्रमुख श्रेष्ठको दादागिरी सतहमा
Logo

विराटनगर, चैत ९
✍ निरज बस्नेत

शरिरको उँचाइ अग्लो हुने बित्तिकै विचार अनि काम गराई उँचो हुन्छ भन्ने कदापी नहुदो रहेछ । यो भनाई भद्रपुर नगरपालिकाका नगर प्रमुख जिवन कुमार श्रेष्ठको हकमा लागु हुन्छ ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित श्रेष्ठको समान्य बोलचाली समेत उटपट्याङ किसिमको छ । नगरपालिकामा आउने सेवाग्राही प्रति आक्रोसित व्यवहार गर्दै सिंह झैं गर्जिन्छन् उनी ।

नगरमा १० वटा वडा कार्यालय छन् । प्राय वडाध्यक्षहरु श्रेष्ठको काम गराई र व्यवहार प्रति असन्तुष्ट छन् । नगरप्रमुख श्रेष्ठको अफिसियल नं ९८५२६७९९९९ हो । त्यसमा जो कोहिले फोन गर्यो , प्राय उठ्दैन, उठिहालेमा उनले गर्ने व्यवहार थाहा भई हाल्छ । जनप्रतिनिधि भनेको सवैको प्रतिनिधि हो । नगरवासीको हकमा नरम हुनु र राम्रो व्यवहार आचरण देखाउनु उसको दायित्व हुन्छ । तर शिष्टचारको सवालमा श्रेष्ठ कठोर छन् । आफ्नो नगरभित्रको मात्र नभएर अर्को ठाँउबाट आउने अतिथिलाई पनि उनले सत्कार गर्न जानेका छैनन् । यो ५ वर्षको कार्यकालमा नगरवासी र भद्रपुर नगरपालिका आउने सबैले प्रमुख श्रेष्ठको व्यवहार चालपाईसकेका छन् ।

केहि समयअघिको कुरा हो । मेची महाकाली शान्ति यात्रामा हिडेका टिम उनको तुच्छ व्यवहारको सिकार बनेका थिए । सो शान्ति यात्राको टिममा दुई व्यक्ति थिए । एक जना नोयेन्द्र अर्का रुद्र । हिड्दै ७७ जिल्ला पुग्ने र मुलुकमा स्थायी शान्ति वास्तविकतामा आओस तथा महिला हत्या हिंसा बलात्कार विरुद्ध देशव्यापी सचेतना फैलाउने दुवैको लक्ष्य थियो । जोडदार आवाज मुखरित गर्दै महान् लक्ष्यका साथमा पवित्र उद्देश्य बोकर हिडेका दुई युवालाई श्रेष्ठले घिनलाग्दो दादागिरी देखाए । यात्राका क्रममा अतिथि भएर भद्रपुर पुगेका पदयात्रीद्धय नोयेन्द्र रुद्रलाई श्रेष्ठले प्रश्न गरे “तिमिहरु यँहा आउदा के फाईदा हुन्छ ? यस्तो वाईयातमा टाइपास गरेर के लाभ भयो ?”
ति तुच्छ वचन सुन्दा श्रेष्ठ कुनै जनप्रतिनिधि नभएर फाईदा र घाटाको कारोवार गर्ने व्यापारी जस्तो भान भएको तितो अनुभव सुनाउछन् नोयेन्द्र र रुद्र ।

भद्रपुर नगरपालिकामा नगरका प्रमुख प्रसाशकिय अधिकृत, लेखा अधिकृत र अन्य कर्मचारी समेत परेशान भईसकेको पाईयो । हतपत्त नगरपालिका नआउने आई हालेमा भित्र कार्यकक्ष नछिर्ने, बाहिरै प्यासेजमा कुर्सिमा बस्ने, ऊपर खुट्टी लाउने , खुट्टो हल्लाउने, अनी भाषण छाट्ने, वादमा यताउती हेर्यो, मिटिङ भन्यो, बढीमा एक घण्टासम्म बस्ने , अनी कुलेआम टापकस्ने यही प्रवृति भद्रपुर नगरपालिकाको नगरप्रमुख जिवन कुमार श्रेष्ठको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]