२९ आश्विन २०८१, मंगलबार
15-10-2024 , Tue

पललाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

विराटनगर, चैत ११
नेपाली चेलचित्रका युवा–लोकप्रिय नायक पल शाह कारागार चलान भएका छन् । नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका नायक पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहिवार जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएपछि अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

झूटो प्रेमको बहाना गरेर आफुलाई पलले पटकपटक बलात्कार गरेको भन्दै नबालिग गायिकाको परिवारले तनहुँ प्रहरीमा फागुन ११ गते उजुरी दिएको थियो । उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा हाजिर भएका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा तीन वर्षभन्दा बढी सजाय हुने आरोपमा मुछिएको व्यक्ति घटनामा संलग्न छ भन्ने प्रारम्भिक सुनुवाइमा देखिएमा पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था छ । अब अन्तिम टुंगो नलागुञ्जेलसम्म आरोपित पललाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विर्तामाेड, असाेज २७ । झापाको बाह्रदशी गाउँपालिकामा रहेको फुलवारीमा कोजागरत पूर्णिमाको दिन (कार्तिक १ गते) लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र पारिएकाे छ। ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेला गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लाे समय निकै बढेको छ। करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक […]

विराटनगर, असाेज २५ । नेपालमा टीकाको शुभसाइत बिहान ११:३६ बजे परेकाे छ । पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशहरुमा २०८१ सालको विजया दशमीमा टीका लगाउने शुभसाइत सार्वजनिक गरिसकेकाे छ। विभिन्न देशमा फरक-फरक समयमा शुभमुहूर्त हुने भएकाले विदेशमा रहेका नेपालीहरूका लागि समितिले छुट्टै साइत निर्धारण गरिएकाेछ। स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने भएकाले […]

काठमाडौं, असोज २४ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण […]