३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रहरीकै मिलेमत्तोमा विराटनगरमा यौनधन्दा फस्टायो

Logo

✍ निरज बस्नेत
विराटनगर, चैत ११

विराटनगरकाे कुनै ठाँउमा एक मदिराजन्य होटल छ जहाँ प्रहरीकै मिलेमत्तोमा यौनधन्दा भईरहेको पाईएको छ । सबैकी भाउजु नामले परिचित एक महिला प्रहरीसँगको मुख्य–साठगाँठमा यौनको व्यापार चल्दैछ त्यहाँ ।

त्यस होटलमा जो कोही जाँदा यो थाहा हुन्छ कि मदिराजन्यको साथमा यौनधन्दा व्यापार पनि राम्रैसंग फस्टाएको छ । तर प्रहरीकै संरक्षण रहेकाले त्यस होटलमा हतपत्त कसैले रेड हान्दैन । त्यस होटलका संचालकलाई पूर्वसूचना दिने केहि प्रहरीहरु नै भएकाले अनुगमनमा जाँदा पनि हत्तपत केही फेला पार्नसक्ने अवस्था रहदैन ।

त्यस होटलभित्रै संभोग (सेक्स) गर्न चाहने ग्राहकले एकपटकको १ हजार देखि २५ सय सम्म तिर्नुपर्ने हुन्छ । त्यति पैशामा होटलले नै केटी र क्यावीनको व्यवस्था मिलाईदिन्छ । आठ देखि १५ हजारसम्म तिर्दा रातभरको लागी होटलबाटै केटी लान पाईने व्यवस्था मिलाईएको छ । होटलका पुराना ग्राहकहरुले भने फोन सम्पर्कमा नै कुरा मिलाई रातभरीको कार्यक्रम फिक्स समेत गर्ने गरेका छन् ।

यौनधन्दालाई संरक्षण गरेवापत प्रहरीले दक्षिणा सहित दारु–मासु पाउने गरेका छन् । पुरुष प्रहरीले भने संरक्षण गरिदिए वापत यौन प्यास समेत निशुल्क मेट्ने अवसर पाउँदछन् ।
यौन क्रियाकलापलाई केही मुठ्ठी भरका प्रहरीले दिएको संरक्षणको कारण अहिले पुरै प्रहरी संगठन बदनाम भईरहेको छ । यस्ता संरक्षककर्ताहरुको नेटवर्कलाई मोरङ प्रहरीका प्रमुख जनार्दन जिसीले तोड्नु जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]