०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वडा कार्यालयमा तालाबन्दी : मतदाता भड्काउने षड्यन्त्र भएको अध्यक्षको दावी

Logo

चैत २८, विराटनगर
देवानगंज गाउँपालिकाको ६ नं. वडा कार्यालयमा सोमबार एक समूहले तालाबन्दि गरेका छन् । सो समूहले वडाबाट वितरण भएको स्प्रे (किट नाशक औधषी छर्ने स्प्रे) आफुहरुले नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।
गत चैत २४ गते वाड नं ६ले किसानहरुलाई १ सय ५५ थान स्प्रे वितरण गरेको थियो । सोही दिन केही महिला तथा पुरुषहरुको एक समुहले स्प्रे पाउने नामवलीमा आफूहरुको नाम नभएको भन्दै वितरण कार्यमा अवरोध सिर्जना गरेका थिए । सोमबार सोही स्प्रे नपाएका समूहले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उक्त विवादलाई मिलाउन वडाध्यक्ष देव नारायण मेहताले चैत २४ गते नै छुटेकालाई छुट फार्म भर्न अग्रह गर्दै आर्को पटक स्प्रे उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर भोलीपल्टैबाट निवार्चन अचार संहिता लागु भएपछि वडाध्यक्ष मेहताले छुटेकाहरुलाई स्प्रे दिन पाएनन् ।

“किसानहरुलाई कृषी समाग्री बढ्नु वडाको नियमित कार्यक्रम जस्तैनै हो, आचार संहिता जस्ता विविध कारणले कहिले काही त्यस्तो कार्यक्रम रोकिन सक्छ” मेहता भन्छन् “रोकिनको अर्थ सधैलाई बन्द हुनु त होईन, अर्को पटक जब कार्यक्रम चल्छ छुटेकाले प्राथमिकता पाउँछन् ।”
तर विवाद यसरी चर्किनुको पछि केहि राजनितिक कारण रहेको अध्यक्ष मेहता बताउँछन् । चुनावताका किसानहरुलाई उक्साउदै तालाबन्दी गराएर मतदाता भड्काउन खोजको अध्यक्ष मेहताको बुझाई छ । तालाबन्दी गर्न आउनेहरु समूहभित्र किसानहरुभन्दा बढी परिचालित व्यक्तिहरु रहेका मेहताको दावी समेत छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]