२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

वडालाई धार्मिक पर्यटन क्षेत्र बनाउने एमाले युवा नेता राम पोखरेलको चाहना

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

चैत २७, विराटनगर

युवा अवस्थामा समाजिक कार्य गर्दै उदाएका विराटनगर ८ का राम पोखरेल अहिले नेकपा एमालेबाट वडाअध्यक्षको प्रमुख दावेदार देखिएका छन् । विद्यार्थी हुँदादेखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आएका राम गएको कोरोना महामारीका बेला प्राय सबैको घरघरमा पुगेका थिए ।

नेकपा एमाले नेतृत्वको प्रदेश सरकारका समाजिक विकास मन्त्री जीवन घिमिरेको स्वकीय सचिव रहेका पोखरेल कोरोना भाइरसको महामारीका बेला वडा मात्र नभइ प्रदेशभरीका जनताको सेवामा अग्रसर थिए । कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन होस वा संक्रमितको औषधि उपचारको लागि प्राय सबैले रामलाई नै खोज्ने गर्दथे ।

त्यही कारण पनि उनी सबैको नजरमा प्रिय छन् । नेकपा एमाले वडा नम्बर ८ का अध्यक्ष समेत रहेका पोखरेलले संगठनलाई मजबुद बनाउन दिनरात खटेको कारण अहिले वडा जित्नेमा उनी ढुक्क रहेका छन् । जस्तो सुकै समस्या पर्दा दिन रात नभनि सेवामा अग्रसर हुने रामको पक्षमा जनमत समेत रहेको स्थानीय नेताहरु समेत बताउँछन् ।

वडाध्यक्षमा टिकट पाए विकासमा पछि परेको वडा नम्बर ८ लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने पोखरेलको योजना रहेको छ । जनताको घरदैलोमा पुग्दा स्थानीयले देखाएको सद्भावले अझ हौसला बढ्दै गएको उनी बताउँछन् ।
पोखरेल भन्छन् ‘अहिले यहाँका जनताले भिजन भएको काम गर्नेे युवा खाजेका छन्’ उनले थपे ‘मैले काम गरेको वडावासीले देख्नु भएको छ, मैले राखेका एजेण्डाहरु वहाँले मन पराउनु भएको छ, अब केबल पार्टिले मौका दिनुपर्यो’
पार्टिले टिकट दिए पनि नदिए पनि वडावासीको सेवामा सदैव लागी राख्ने पोखरेलले वताउदै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]