२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

वडालाई धार्मिक पर्यटन क्षेत्र बनाउने एमाले युवा नेता राम पोखरेलको चाहना

Logo

चैत २७, विराटनगर

युवा अवस्थामा समाजिक कार्य गर्दै उदाएका विराटनगर ८ का राम पोखरेल अहिले नेकपा एमालेबाट वडाअध्यक्षको प्रमुख दावेदार देखिएका छन् । विद्यार्थी हुँदादेखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आएका राम गएको कोरोना महामारीका बेला प्राय सबैको घरघरमा पुगेका थिए ।

नेकपा एमाले नेतृत्वको प्रदेश सरकारका समाजिक विकास मन्त्री जीवन घिमिरेको स्वकीय सचिव रहेका पोखरेल कोरोना भाइरसको महामारीका बेला वडा मात्र नभइ प्रदेशभरीका जनताको सेवामा अग्रसर थिए । कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन होस वा संक्रमितको औषधि उपचारको लागि प्राय सबैले रामलाई नै खोज्ने गर्दथे ।

त्यही कारण पनि उनी सबैको नजरमा प्रिय छन् । नेकपा एमाले वडा नम्बर ८ का अध्यक्ष समेत रहेका पोखरेलले संगठनलाई मजबुद बनाउन दिनरात खटेको कारण अहिले वडा जित्नेमा उनी ढुक्क रहेका छन् । जस्तो सुकै समस्या पर्दा दिन रात नभनि सेवामा अग्रसर हुने रामको पक्षमा जनमत समेत रहेको स्थानीय नेताहरु समेत बताउँछन् ।

वडाध्यक्षमा टिकट पाए विकासमा पछि परेको वडा नम्बर ८ लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने पोखरेलको योजना रहेको छ । जनताको घरदैलोमा पुग्दा स्थानीयले देखाएको सद्भावले अझ हौसला बढ्दै गएको उनी बताउँछन् ।
पोखरेल भन्छन् ‘अहिले यहाँका जनताले भिजन भएको काम गर्नेे युवा खाजेका छन्’ उनले थपे ‘मैले काम गरेको वडावासीले देख्नु भएको छ, मैले राखेका एजेण्डाहरु वहाँले मन पराउनु भएको छ, अब केबल पार्टिले मौका दिनुपर्यो’
पार्टिले टिकट दिए पनि नदिए पनि वडावासीको सेवामा सदैव लागी राख्ने पोखरेलले वताउदै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]