१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

२०७९ सालमा नेपालको भबिष्य

Logo

वैशाख १, विराटनगर

२०७९ साल नेपालको लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् ।  नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताउनु भयो । उहाँकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भएपनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ । यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताउनु भयो । ज्योतिषाचार्य सोडारीले यस वर्ष शैक्षिक संस्थाहरु, धार्मिक क्षेत्रहरु, बौद्धिक व्यक्तित्वहरु भुमिका राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरेपनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने बताउनु भयो । यस वर्ष दक्षिणतर्फको सीमामा केही समस्या आउन सक्ने, भूक्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुनसक्ने बताउनु भयो । यस वर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना रहेको छ । त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने ज्योतिषाचार्य सोडारीले बताउनु भयो । यस वर्ष आर्थिक रुपमा पनि समग्रमा नराम्रो रहेको छ । यस वर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रहगोचरहरुले देखाएको बताउनु भयो । सबैले सोचेर काम गर्ने हो भने देश शंकटमा नफस्ने पनि उहाँले बताउनु भयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]