०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर मेयरबाट राजिनामा

Logo

दिनेश खड्का

विराटनगर, वैशाख १५

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बुधबार पदबाट राजिनामा दिएका छन् । ५ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्नगरी मेयर पराजुलीले राजिनामा दिएका हुन् । आफु पार्टीको केन्द्रीय सदस्य भएकोले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी गतिविधिमा  आफूलाई संलग्न गर्नुपर्ने भएकोले बर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहन नैतिकताले नदिने भएकोले नेपालको संविधानको धारा २१६ को उपधार ८(क) बमोजिम वैशाख १४ देखि लागू हुने राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।

पदमा बसेर पार्टीको निर्वाचन गतिविधिमा होमिदा पदीय दुरुपयोगको आरोप लाग्ने भएकोले राजिनामा दिएको मेयर पराजुलीको भनाई छ । मेयरको टिकटको लागि केन्द्रीय नेताहरुसँग लभिङका लागि काठमाडौं गएता पनि अन्ततः टिकट नपाएपछि मेयर पराजुली बुधबार विराटनगर फर्केका थिए । उनलाई केन्द्रीय नेताहरुले संघीय स्तरमा   पु¥याउने आश्वासन दिएपछि मेयरको टिकट स्पर्धाबाट पछि हटेका थिए । उनी विराटनगर विमानस्थल उत्रे लगत्तै महानगर प्रशासन, कानूनी सल्लाहकारको समन्वयमा राजीनामा पत्र बुझाएका हुन् । मेयरका प्रेस सल्लाहकार कौशल निरौला र स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले पनि बिहीबार राजिनामा दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]