२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

मेयरका उम्मेदवार काेईराला ज्येष्ठ नागरिकसँग आर्शिवाद लिँदै

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९

विराटनगर , वैशाख १५

असन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुसँग छलफल गरेका छन् । घरदैलो अभियानका क्रममा कोइरालाले विराटनगर वडा नम्बर १,३ र ४ का ज्येष्ठ नागरिकहरु समक्ष भेटघाट गरी आर्शिवादसमेत लिएका छन । कोइरालासँगको छलफलमा ज्येष्ठ नागरिकले आफूहरुकै घरदैलोमा मेयरका उमेदवार आउँदा खुसी लागेको बताउँदै आर्शिवाद समेत दिएका छन् ।

विराटनगरकी बुधनीदेवी पासवानले आफूहरुको समस्याको विषयमा समेत सूचना लिन र सहयोग गर्न आग्रह गरिन । कोइरालाले आज तीनवटा वडामा घरदैलो अभियान संचालन गरेका छन् ।
ब्यानर र माइकिङसहितको टोली पोखरिया हुँदै वडाका विभिन्न बस्तीसम्म पुगेको थियो । उमेदवार कोइरालाले आफूले विराटनगरमा देखिने गरी काम गर्ने बताए । भने,“जनअपेक्षाअनुसार नै म अघि बढ्ने योजनामा छु ।” कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ता उल्लेख्य उपस्थिति थियो ।
विराटनगर ४ का वडाध्यक्ष पदका उमेदवार संजय मण्डलले समेत घरदैलो अभियानलाई तीव्रता दिएका छन् । वडा नम्बर १ का उमेदवार राजन न्यौपानेसहितको उमेदवारको टोलीले मत माग्ने र प्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् । विराटनगर १९ मा उदय राजवंशिको सहितको उमेदवारको घरदैलो गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]