२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मेयरका उम्मेदवार काेईराला ज्येष्ठ नागरिकसँग आर्शिवाद लिँदै

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९

विराटनगर , वैशाख १५

असन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुसँग छलफल गरेका छन् । घरदैलो अभियानका क्रममा कोइरालाले विराटनगर वडा नम्बर १,३ र ४ का ज्येष्ठ नागरिकहरु समक्ष भेटघाट गरी आर्शिवादसमेत लिएका छन । कोइरालासँगको छलफलमा ज्येष्ठ नागरिकले आफूहरुकै घरदैलोमा मेयरका उमेदवार आउँदा खुसी लागेको बताउँदै आर्शिवाद समेत दिएका छन् ।

विराटनगरकी बुधनीदेवी पासवानले आफूहरुको समस्याको विषयमा समेत सूचना लिन र सहयोग गर्न आग्रह गरिन । कोइरालाले आज तीनवटा वडामा घरदैलो अभियान संचालन गरेका छन् ।
ब्यानर र माइकिङसहितको टोली पोखरिया हुँदै वडाका विभिन्न बस्तीसम्म पुगेको थियो । उमेदवार कोइरालाले आफूले विराटनगरमा देखिने गरी काम गर्ने बताए । भने,“जनअपेक्षाअनुसार नै म अघि बढ्ने योजनामा छु ।” कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ता उल्लेख्य उपस्थिति थियो ।
विराटनगर ४ का वडाध्यक्ष पदका उमेदवार संजय मण्डलले समेत घरदैलो अभियानलाई तीव्रता दिएका छन् । वडा नम्बर १ का उमेदवार राजन न्यौपानेसहितको उमेदवारको टोलीले मत माग्ने र प्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् । विराटनगर १९ मा उदय राजवंशिको सहितको उमेदवारको घरदैलो गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]