२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा स्वतन्त्र उम्मेदवारको लोकप्रियता उँचाईमा

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

✍ निरज बस्नेत
विराटनगर, वैशाख १७
विराटनगरमा पार्टीगत भन्दा पनि स्वतन्त्र उम्मेदवारको लोकप्रियता बढ्दै गएको पाईएको छ । यहाँ विभिन्न पार्टी बाट खडा भएका उम्मेदवारहरुलाई पार्टी भित्रैका गुट उपगुटले सिध्याउने रणनिति बनाईरहेका छन् । तर, स्वतन्त्र उम्मेदवारको हकमा भने कुनै गुट उपगुटको वाधाव्यवधान छैन र आम विराटनगरवासी समेत सकारात्मक छन् ।
जनता समाजवादी पार्टी परित्याग गरी स्वतन्त्रमा उम्मेदवारी दिएका उमेश यादवको सरलपना आम मतदाताले रुचाएका छन् । यादवको सादगी जिवनशैली र छिट्टै घुलमिल हुने बानीलाई विराटनगरवासीले मनपराएका छन् ।
यादवको चुनावी एजेण्डा व्यवहारमा लागु हुने खालको छ, महात्वकांक्षी छैन । शिक्षा, स्वस्था र सरसफाईमा अग्रगामी छलाङ मार्ने उनको योजना छ ।

त्यस्तै गरी माओवादी केन्द्र परित्याग गरी स्वतन्त्रबाट नै उपमेयरको उम्मेदवारी दिएकी नमिता न्यौपानेको पल्ला भारी बन्दैछ । जसपाका अमरेन्द्र यादव एवं एमालेकी शिल्पा कार्कीको पनि उपमेयरमा दावेदारी छ । कार्कीले एमालेबाट टिकट पाएपनि लाभको पद ओगटेका कारण उनी विवादमा मुछिएकी छिन् । यसैलाई लिएर जसपाका उपमेयरका दावेदार अमरेन्द्र यादवले काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता समेत गर्दैछन् ।
यता उपेन्द्र यादवको छोरा भएकै कारण विरासतबाट अमरेन्द्रले टिकट पाएको भन्दै जसपाका आम कार्यकर्ता रुष्ट बनेका छन् । यस्ता यस्ता विवादित फण्डाले अन्ततः नमितालाई जितको तर्फ डोर्याउदैछ ।

स्वतन्त्रकी उम्मेदवार न्यौपानेमा आफैमा पनि कानुन विषयमा दख्खल राख्ने व्यक्ति भएकीले समेत जनप्रतिनिधिका रुपमा समाजलाई न्याय गर्न उनी सक्षम छिन् ।
आम जनताले पछिल्लो समय नेतृत्वमा नयाँ अनुहार खोज्दै आएका छन् । स्वतन्त्र उम्मेदवार यादव र न्यौपाने दुवै नयाँ र लोकप्रिय अनुहार भएकाले उनीहरुको जित निश्चित भएको आम नगरवासीको बुझाई छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]