२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

माधवको उम्मेदवारीले वडावासीमा उत्साह

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

निरज बस्नेत
विराटनगर, वैशाख १८
स्वतन्त्र उम्मेदवार माधवराज वाग्लेको उम्मेदवारीले विराटनगर १०का वडावासीमा उत्साह जागेको छ । यसअघि ५ वर्षे सफल कार्यकाल विताएका वाग्ले फेरी पनि चुनावी मैदानमा उत्रिएका छन् । उनी विगतमा एमालेबाट बागी खडा भएका थिए । जुन बेला एमालेका अर्जुन गिरीलाई राम्रै मतले पराजित गरेका थिए । यसपालि उही अर्जुन गिरी नै उनका निकट्तम प्रतिद्धन्द्धी हुने अनुमान वाग्लेको छ ।

२०३४ साल मंसिरमा सरस्वती मावी विराटनगर (ठाकुरवाडी रोड) अनेरास्ववियु विद्यार्थी राजनितीबाट उदाएका उनी त्यती वेला सचिवको कार्यभार सम्हाल्दै अगाडि बढेका थिए ।
पाँच वर्षे वडाध्यक्ष भएको कार्यकालमा वाग्लेले सुविधा सम्पन्न वडाभवन बनाए । जुन भवन बैंकिङ डिजाईनमा बनेको उनी बताउँछन् । बाटोको दुईतर्फ गेट भएको १२ देखि १३ सय स्क्वायर फिट भएको यो आधुनिक भवनमा दुई गोदाम समेत छन् । यही भवनबाट जनताले सोचे मुताविकको सरल तरिकाले काम वडाबाट पाईरहेका छन् । वडाभित्र कालोपत्रे, नंम्बरिङ विद्युतिय पोल जोडान, सि सि क्यामेरा जडान, आर्कषक बत्ति जडान लागाएतका महत्वपुर्ण काम समेत भएका छन् । जुनकार्यको लागी वडा, नगर, टोलवासी सबैको सहयोग वाग्लेको कार्यकालमा भएको पाईन्छ ।
विराटनगरको वडा मध्यमा यो वडामा सरसफाई अब्बल मानिन्छ । कुल ७ हजार ३ सयको हाराहारीमा मतदाता छन् । जसमा ६ देखि ७ सय नँया मतदाता थपिएका हुन् । वडा अध्यक्ष जित्नको लागी मोटामोटी १ हजार मत ल्याए जितिन्छ । गएको चुनावमा ८ सय ५ मत ल्याई कुल २ सय ६१ मतको अन्तरले निक्टतम प्रतिद्धन्द्धि एमालेका अर्जुन गिरीलाई हराएका थिए । समग्र वडावासीको साथ सहयोग माया हौसला पाएमा यसपटक पुनः दोस्रो कार्यकाल जित्नेमा वाग्ले ढुक्क छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]