३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विराटनगर ४मा रोचक भिडन्त

Logo

निरज बस्नेत
विराटनगर, वैशाख १९

कुनै समय थियो, यहाँ केही समुदायको बाहुल्यता थियो । जुन समयमा खास जातिको भोट नै निर्णायक हुन्थ्यो । समय बदलियो, जमाना फेरियो । यही समय चक्रसँगै मिश्रित बाहुल्यताका बिचमा भोट संख्यामा परिवर्तन आईसकेको छ ।

गएको ७४को स्थानीय चुनावमा नेपाली काग्रेंसका देवेन्द्रराज पोखरेलले एमालेका उम्मेदवारलाई झिनो मतान्तरले पराजित गरेको वडा हो । यहाँ अहिले संजय मण्डल नेपाली काग्रेसका उम्मेदवार छन् । एमालेबाट जितन थापा । जसपाबाट उपेन्द्र यादव । राप्रपाबाट मोहन दाहाल लगायत अन्य छन् । सरसर्ती हेर्दा १० हजारको हाराहारीमा मतदाता संख्या भएको यस वडामा २ हजार आसपास ल्याउनेको जित सुनिश्चित बन्दछ ।

केन्द्रमा राजेन्द्र लिङ्देनको साखको कारण स्थानीय स्तरको चुनावमा राम्रै प्रभाव छोड्न सक्दछ । तथापी आम वडावासीको मत नै निर्णायक बन्दछ । राप्रपाको उम्मेदवार मोहन दाहाल वृद्ध छन् । तर पनि जोस जाँगर तरुणको जस्तै छ । भन्छन् “कांगे्रस, एमाले, माओबादीबाट जनता आजित भईसकेका छन् । यसपालि हाम्रो जित सुनिश्चित छ । एमालेमा पार्टी फुटको असर पर्न सक्छ । तथापी गएको चुनावमा निकटतम प्रतिद्धन्द्धि एमाले नै भएकै कारण यो पालि एमालेको पोल्टामा जित नपर्ला यसै अड्कल काट्न गाह्रो छ । गठबन्धनका उम्मेदवार एक्ला नभएका कारण कांग्रेसबाट मण्डलको उम्मेदवारीले जसपालाई झट्का दिन सक्दछ ।

जसपाका उपेन्द्र पूर्व अन्र्तराष्ट्रिय कब्बडी खेलाडी समेत हुन् । कांग्रेस, एमाले, जसपा, राप्रपाबिचको रोचक भिडन्त नै यहाँ जित हारको कारण बन्न सक्दछ । अन्यको उति साह्रो सम्भावना देखिदैन । निवर्तमान् वडाध्यक्ष देवेन्द्रराज पोखरेल यतिबेला काठमाडौंमा छन् । पार्टीको उम्मेदवारलाई सघाउने यो बेलामा एक्कासी उतातर्फ हानिनुलाई भित्रको असन्तुष्टि छर्लङ देखिन्छ । यही फाईदा विपक्षीले नलेला यसै भन्न सकिन्न । वषार्तको समयमा डुवानको मुख्य समस्या ज्यूँका त्यूँ छदैछ । सुकुम्बासी समस्या टट्कारो छ । विमानस्थल डुब्ने खतरा सधै रहन्छ । झट्ट हेर्दा चकमधमक सहितको विकसित देखिएतापनि यस वडा भित्रैबाट जर्जर छ । यो कटु सत्य हो । यही प्रमुख समस्यालाई चुनावी एजेण्डा बनाई विजय पश्च्यात कार्यान्यवनमा वडाध्यक्षले लगेको खण्डमा भोलीको उसको राजनितीक भविष्य सुनिश्चित बन्ने पक्का छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]