१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रामसुन्दरको वडाअध्यक्षमा जित्ने दावी

Logo

✍ निरज बस्नेत

विराटनगर, वैशाख २०
विराटनगर ११मा एमालेको पकड बलियो रहेको पाईन्छ । यस वडामा नेपाली कांग्रेसबाट राम सुन्दर राजवंशीको वडा अध्यक्षमा जित्ने दावी छ । यसपाली लालकिल्ला भत्काई रुखको विजय झण्डा गाड्ने राजवंशीको दृढ संकल्प छ । नेविसंघको विद्यार्थी राजनितीबाट महेन्द्र मोरङ क्याम्पसमा राजनितीको श्री गणेश गरेका राजवंशीको मुख्य चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, सरसफाई छन् ।
वडामा दुई सामुदायीक विद्यालय, जनपथ र अरुणदय आधारभुत रहेका छन् । जनपथको केही हदसम्म ठिक भएतापनि अरुणदयको खासै राम्रो शिक्षाको गुणस्तर छैन । यस विद्यालयलाई सुधार्ने राजवंशीको संकल्प रहेको छ ।

स्वास्थ्य चौकी भएता पनि वडावासीको पहुँचमा पुगेको छैन् । यसलाई वडावासीको आफ्नै बनाउने सुरमा उनी छन् । सरसफाईमा अब्बल बनाई छाड्ने मुद्दा पनि संगै छन् । सुकुम्बासीको संख्या एक सय देखि एक सय पचासको हाराहारी मात्र भएतापनि यो समस्या ठुलै देखिन्छ । यसलाई आवश्यक मात्रमा सम्बोधन गर्ने बाचा पनि राजवंशीको छ ।

२०३९ साल फागुन १४ मा जन्मिएका राजवंशीको युवा जोश वरकरार छ । उनको टिमका सदस्यहरु लक्ष्मण कोईराला किसान पृष्ठभुमीका हुन् । कृष्ण भट्टराई व्यवसायी हुन् , गायत्री थापा गृहणी हुन्, दलित तर्फ अर्की गृहणी ज्ञेनदीवी पासवान हुन् । पाँच जानाको यो टिम, सशक्त रहेको दावी राजवंशीको छ । सात हजार हाराहारीमा मतदाता रहेकोमा ५५ सय जति मत खस्ने अनुमान छ । १५ सय जति यसमा नँया मतदाता समावेश छ । १ हजार ५ सय भोट ल्याएमा जित सुनिश्चित हुन्छ । यसअघिको चुनावमा एमालेका तिर्थेन्द्र न्यौपानेले ३ सय बढी मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजीत गरेका थिए । यिनै न्यौपाने यो पाली फेरी वडाध्यक्षमा एमालेबाट उठेका छन् ।

कांग्रेसकी नेतृ केन्द्रिय सदस्य डिला संग्रौलाको समेत वडा हो । संग्रौलाले चुनावी प्रचारप्रसारमा घरदैलो कार्यक्रममा भौतिक रुपमै उपस्थिति जनाईरहेकी छिन् । यसबाट समेत राजवंशीलाई फाईदा पुगीरहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]