१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

युवापुस्ता माँझ लोकप्रिय आचार्यको वडा अक्ष्यक्षमा उम्मेदवारी

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

निरज बस्नेत
विराटनगर, वैशाख २१
कराँतेका ३ डन ब्लाकबेल्ट होल्डर राजेन्द्र आचार्य राप्रपाबाट कटहरी गाँउपालिका १का वडाध्यक्षको उम्मेदवार हुन् ।

२०४१ साल असोज २मा जन्मिएका आचार्य अन्य ६ खेलका लाईसेन्स प्राप्त प्रशिक्षक समेत हुन् । कराँते बाहेक फुटबल, क्रिकेट, एथ्लेटिक्स्, हाईजम्प, लङजम्प, सटपुटका समेत प्रशिक्षक हुन् । व्यवसायमा समेत सफल व्यक्तित्व आचार्यका मुख्य चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, सरसफाई महत्वपुर्ण छन् । यसका साथै आदिवासी जनजातिका जातिगत समस्या सुकुम्बासी समस्या लगाएतका छन् ।

घरदैलो कार्यक्रममा व्यस्तताको विचमा पनि आचार्य हर्षित मुद्रामा हुन्छन् । विगतमा फोरम लोकतान्त्रिकका कपुरलाल माझी (हाल नेपाली कांग्रेस)ले जितेको यो वडामा यसपाली यिनी निकटतम प्रतिद्धन्द्धि एमालेका उम्मेदवारलाई मान्छन् ।

कुल ३ हजार ४ सय ६८ मतदाता छन् । जसमा ९० प्रतिशत खस्ने आचार्यको अनुमान छ । यसमा ८ सयको हाराहारीमा मत ल्याउदा वडाध्यक्षको जित सुनिश्चित बन्दछ । यसै गाँउपालिकाबाट राप्रपाका गाँउपालिकाका अध्यक्षका उम्मेदवार ओम प्रकाश साहु हुन् । साहुको बुझाईमा राजनको लोकप्रिय छवि भएको कारण जित सुनिश्चित भएको बताउँछन् । राजबंशी, थारु, माझीको बाहुल्यता भएको यहाँ यही जातिको मत निर्णायक मानिन्छ । पहाडे समुदायको समेत ६ सय ३४ मत छ । मुसलमानको मत लगाएत अन्य छन् ।
राप्रपाका केन्द्रिय अक्ष्यक्ष राजेन्द्र लिङ्देनको प्रेरणाकै कारण राजनितीमा हाम फालेको आचार्य बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]