१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

युवापुस्ता माँझ लोकप्रिय आचार्यको वडा अक्ष्यक्षमा उम्मेदवारी

Logo

निरज बस्नेत
विराटनगर, वैशाख २१
कराँतेका ३ डन ब्लाकबेल्ट होल्डर राजेन्द्र आचार्य राप्रपाबाट कटहरी गाँउपालिका १का वडाध्यक्षको उम्मेदवार हुन् ।

२०४१ साल असोज २मा जन्मिएका आचार्य अन्य ६ खेलका लाईसेन्स प्राप्त प्रशिक्षक समेत हुन् । कराँते बाहेक फुटबल, क्रिकेट, एथ्लेटिक्स्, हाईजम्प, लङजम्प, सटपुटका समेत प्रशिक्षक हुन् । व्यवसायमा समेत सफल व्यक्तित्व आचार्यका मुख्य चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, सरसफाई महत्वपुर्ण छन् । यसका साथै आदिवासी जनजातिका जातिगत समस्या सुकुम्बासी समस्या लगाएतका छन् ।

घरदैलो कार्यक्रममा व्यस्तताको विचमा पनि आचार्य हर्षित मुद्रामा हुन्छन् । विगतमा फोरम लोकतान्त्रिकका कपुरलाल माझी (हाल नेपाली कांग्रेस)ले जितेको यो वडामा यसपाली यिनी निकटतम प्रतिद्धन्द्धि एमालेका उम्मेदवारलाई मान्छन् ।

कुल ३ हजार ४ सय ६८ मतदाता छन् । जसमा ९० प्रतिशत खस्ने आचार्यको अनुमान छ । यसमा ८ सयको हाराहारीमा मत ल्याउदा वडाध्यक्षको जित सुनिश्चित बन्दछ । यसै गाँउपालिकाबाट राप्रपाका गाँउपालिकाका अध्यक्षका उम्मेदवार ओम प्रकाश साहु हुन् । साहुको बुझाईमा राजनको लोकप्रिय छवि भएको कारण जित सुनिश्चित भएको बताउँछन् । राजबंशी, थारु, माझीको बाहुल्यता भएको यहाँ यही जातिको मत निर्णायक मानिन्छ । पहाडे समुदायको समेत ६ सय ३४ मत छ । मुसलमानको मत लगाएत अन्य छन् ।
राप्रपाका केन्द्रिय अक्ष्यक्ष राजेन्द्र लिङ्देनको प्रेरणाकै कारण राजनितीमा हाम फालेको आचार्य बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]