१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा राप्रपा कमजोर

Logo

निरज बस्नेत
विराटनगर, वैशाख २४
विराटनगर महानगरपालिकामा राप्रपा दिनप्रतिदिन कमजोर सवित हुँदैछ । यँहा प्रह्लाद साह मेयरका उम्मेदवार हुन् । पञ्चे छवि बनाएका साहलाई विराटनगरवासीले खासै रुचाएका छैनन् । यसअघि पनि दुईपटक विराटनगरको मेयर भईसकेका साहका त्यसवेलाका कारकारवाही खासै जनप्रिय थिएन ।

विराटनगर महानगरपालिकाको हकमा राप्रपाले पटक पटक प्रह्लाद साहदेखि बाहेक कसैलाई पनि मेयरको उम्मेवादको लायक नदेखेको प्रति पार्टीभित्रै अन्सन्तुष्टि देखिएको छ ।
उपमेयरमा राप्रपपाले वृन्दा आचार्यलाई उम्मेदवार बनाएको छ । वृन्दा राप्रपाका जिल्ला अध्यक्ष माधव आचार्यकी श्रीमती हुन् । अरु पार्टीमा नातावादको हावी भयो भन्ने अनी आफ्नै पार्टीमा श्रीमतीलाई उपमेयर उम्मेदवार बनाउनु राप्रपाकै सिद्धान्तको अपमान भएको समेत आम विराटनगरवासीको बुझाई छ ।

विराटनगरमा जम्मा १९ वडा छन् । जसमा कमजोर उम्मेदवारी पर्नुले राप्रपाको धरातल जन कमजोर बनाएको छ । वडा नं १ मा शिव भट्टराई, २ मा पवन सुराना, ३ मा विकास लिम्बु, ४मा मोहन दाहाल, ५ मा मोहन पौडेल, ६ मा मोहमद आलम, ७मा नरेश गिरी, ८ मा उदेश पन्त, ९ मा दिनेश साह, १० मा दिपक सिंह, ११ मा लोकेन्द्र ढकाल, १२ मा प्रभु ओझा, १३मा सुर्यलाल यादव, १४मा दुखी यादव, १५मा पदम बाबु कार्की, १६मा नरेश थापा, १७मा प्रदिप मण्डल, १८मा मन्टु मण्डल र १९ मा जितेन्द्र खवास को वडाध्यक्षमा उम्मेदवारी परेको छ । यी उम्मेदवारहरुलाई अधिकांश पार्टीभित्रैका कार्यकर्ताले रुचाएको देखिदैन । पार्टी भित्रै नरुचाएको यी अनुहारहरुलाई पार्टी बाहिरका मानिसहरुले कसरी मतदान गर्लान ?

धर्मको नाममा होस् चाँहे अन्य अनर्गल प्रचारबाजीमा रमाउनु कुनै पनि राजनितीक दललाई सुहाउँदैन । नेपाली जनताको बलिदनले फालिसकेको राजालाई बोकेर हिड्नु पनि राप्रपाको कमजोरी मानिन्छ । यसअघि नै पुराना नेता कमल थापाले अब नेपालमा राजतन्त्र कहिले फर्कन नसक्ने दावी समेत गरेका थिए । यी यस्तै कारक तत्वहरुले गर्दा विराटनगरमा समेत राप्रपाको जनआधार घट्दै गईरहेको छ ।

समग्रतामा नेपाली कांग्रेस र एमालेकै विचमा प्रतिष्प्रर्धा हुने देखिन्छ । राप्रपाको उम्मेदवारको साघुँरो सोचाई, अहँमता, गलत एजेण्डा लगाएतका कारक तत्व आगामी स्थानीय चुनावमा पराजयको कारण बन्न सक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]