०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा राप्रपा कमजोर

Logo

निरज बस्नेत
विराटनगर, वैशाख २४
विराटनगर महानगरपालिकामा राप्रपा दिनप्रतिदिन कमजोर सवित हुँदैछ । यँहा प्रह्लाद साह मेयरका उम्मेदवार हुन् । पञ्चे छवि बनाएका साहलाई विराटनगरवासीले खासै रुचाएका छैनन् । यसअघि पनि दुईपटक विराटनगरको मेयर भईसकेका साहका त्यसवेलाका कारकारवाही खासै जनप्रिय थिएन ।

विराटनगर महानगरपालिकाको हकमा राप्रपाले पटक पटक प्रह्लाद साहदेखि बाहेक कसैलाई पनि मेयरको उम्मेवादको लायक नदेखेको प्रति पार्टीभित्रै अन्सन्तुष्टि देखिएको छ ।
उपमेयरमा राप्रपपाले वृन्दा आचार्यलाई उम्मेदवार बनाएको छ । वृन्दा राप्रपाका जिल्ला अध्यक्ष माधव आचार्यकी श्रीमती हुन् । अरु पार्टीमा नातावादको हावी भयो भन्ने अनी आफ्नै पार्टीमा श्रीमतीलाई उपमेयर उम्मेदवार बनाउनु राप्रपाकै सिद्धान्तको अपमान भएको समेत आम विराटनगरवासीको बुझाई छ ।

विराटनगरमा जम्मा १९ वडा छन् । जसमा कमजोर उम्मेदवारी पर्नुले राप्रपाको धरातल जन कमजोर बनाएको छ । वडा नं १ मा शिव भट्टराई, २ मा पवन सुराना, ३ मा विकास लिम्बु, ४मा मोहन दाहाल, ५ मा मोहन पौडेल, ६ मा मोहमद आलम, ७मा नरेश गिरी, ८ मा उदेश पन्त, ९ मा दिनेश साह, १० मा दिपक सिंह, ११ मा लोकेन्द्र ढकाल, १२ मा प्रभु ओझा, १३मा सुर्यलाल यादव, १४मा दुखी यादव, १५मा पदम बाबु कार्की, १६मा नरेश थापा, १७मा प्रदिप मण्डल, १८मा मन्टु मण्डल र १९ मा जितेन्द्र खवास को वडाध्यक्षमा उम्मेदवारी परेको छ । यी उम्मेदवारहरुलाई अधिकांश पार्टीभित्रैका कार्यकर्ताले रुचाएको देखिदैन । पार्टी भित्रै नरुचाएको यी अनुहारहरुलाई पार्टी बाहिरका मानिसहरुले कसरी मतदान गर्लान ?

धर्मको नाममा होस् चाँहे अन्य अनर्गल प्रचारबाजीमा रमाउनु कुनै पनि राजनितीक दललाई सुहाउँदैन । नेपाली जनताको बलिदनले फालिसकेको राजालाई बोकेर हिड्नु पनि राप्रपाको कमजोरी मानिन्छ । यसअघि नै पुराना नेता कमल थापाले अब नेपालमा राजतन्त्र कहिले फर्कन नसक्ने दावी समेत गरेका थिए । यी यस्तै कारक तत्वहरुले गर्दा विराटनगरमा समेत राप्रपाको जनआधार घट्दै गईरहेको छ ।

समग्रतामा नेपाली कांग्रेस र एमालेकै विचमा प्रतिष्प्रर्धा हुने देखिन्छ । राप्रपाको उम्मेदवारको साघुँरो सोचाई, अहँमता, गलत एजेण्डा लगाएतका कारक तत्व आगामी स्थानीय चुनावमा पराजयको कारण बन्न सक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]