१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लोकप्रियताको शिखरमा चन्द्रशेखर

Logo

निरज बस्नेत
विराटनगर वैशाख २६
एकिकृत समाजवादी विराटनगर–७ का उम्मेदवार चन्द्रशेखर धाडेवाको लोकप्रियता यतिबेला चर्चाको शिखरमा पुगेको छ । जलजला चोक निवासी धाडेवालाई जिताउने वडावासीको चाहना बुझिएको छ ।

चुनाव चिन्ह कलम छापमा मतदान गर्नुपर्छ, वडामा युवा, बुद्धीजिवी, लगायतको सल्लाह वडाभित्रै सुनिदैछ । पुस्तौदेखी यही बिराटनगरकै जनताको सेवामा लागेका धाडेवाको अर्काे राम्रो समाजसेवीको छवि झन् दरिलो छ । वडामा धाडेवा जति सशक्त छन् । त्यति नै उनको प्यानल पनि आक्रमक छ ।

चुनावी प्रचार–प्रसारका क्रममा प्रत्येक घर नछुटाईकन पुगेका धाडेवालाई सबै वडाका मतदाताले जितको शुभकामना दिएका थिए । नरम बोली सबैसंग घुलमिल भईहाल्ने प्रवृतिका यिनको मुख्य चुनावी एजेण्डामा डुवानको समस्या हल, ज्येष्ठ नागरिकको हकमा आवश्यक सहजीकरण, दलित, महिला, पिछडीएका वर्ग सबैको पहुँचमा रहेर कामकार्वाही गर्ने, शिक्षा, स्वास्थ्य र सरसफाईमा प्रमुख रुपमा जोड दिएका छन् ।

गएको ७४ को चुनावमा यस वडामा मधुवावुको नेतृत्वमा नेपाली कांग्रेसले प्यानल सहित विजय प्राप्त गरेको थियो । यो पाली कांग्रेसलाई झट्का लाग्न सक्ने वडावासी बताउँछन् । त्यस्तैगरी नेकपा एमालेले दामोदर तिवारीलाई उम्मेदवार बनाउनु पनि खासै एमालेले जित हात पार्ला जस्तो नलागेको वडाबासी बताउँछन् । राप्रपाले नरेश गिरीलाई उम्मेदवार बनाएको छ । तर, गिरी वडामा खासै जमेका छैनन् । गठबन्धनले मेयर–उपमेयरमा तालमेल गरको छ । वडामा नगरेका कारण समेत ७ नं. मा धाडेवाको पोल्टामा जित हात पर्न सक्छ । यही चर्चा वडाभरी चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]