२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
Gold Silver Price (19 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192600
Silver 1 Tola Nrs. 2185

अमरेन्द्र भर्सेज शिल्पा

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

निरज बस्नेत
विराटनगर, वैशाख २६
सत्तारुढ गठबन्धनका साझा उपमेयरका उम्मेदवार अमरेन्द्र यादव एवं प्रमुख प्रतिपक्षी दल एमालेकी उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्की बीचमा बिराटनगरमा कडा प्रतिष्पर्धा हुने अनुमान हुदैछ । यसलाई अमरेन्द्र भर्सेज शिल्पाको लँडाई मानिदैछ ।

जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा एवं व्यवसायी गिरेन्द्र कार्कीकी श्रीमती शिल्पाबीचको भिडन्तलाई यतिबेला चासोका साथ हेरिएको छ । बुवाको विरासतको रुपमा आएका अमरेन्द्र राजनितीका नौला खेलाडी हुन् ।

केपी ओली संगको गिरेन्द्रको सामिप्यताको कारण शिल्पाले उपमेयरको टिकट हत्याएको एमालेका कार्यकर्ता बताउँछन् । माओवादी केन्द्र पार्टी परित्याग गरी एक्लिएकी नमिता न्यौपानेको चुनाव चिन्ह लालटिन छाप बाट उपमेयरमा स्वतन्त्र उम्मेदवारी परेको छ । तर पनि न्यौपानेलाई माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले भित्रभित्रै सहयोग गरिरहेको बुझिएको छ ।

राप्रपाका मोरंग जिल्ला अध्यक्ष माधवराज आचार्यकी श्रीमती वृन्दा आचार्यको पनि उपमेयरमै उम्मेदवारी छ । न्यौपाने एवं आचार्यलाई खासै बिराटनगरवासीले रुचाएको पाईदैन । केही समय अगाडी पल्लाभारी दुवैको हकमा देखिएतापनि चुनाव नजिकिएसँगै उनीहरुको कार्यशैली कै कारण आममतदाता चिढीएका छन् । अन्ततःयादव र कार्की बीचमा नै उपमेयरका लागी जित–हारको तीव्र संभावना रहेको छ ।

कोशी अंचल अस्पताल व्यवस्थापन संचालक समितिमा लाभको पदमा बसी एकलाख बढी भत्ता बुझेको र राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता गरिएको र पछि किर्ते कागज बनाई गलत दर्ता नम्वर पेश गरेको कारण, जसपाका अमरेन्द्रले सर्वोच्चमा रिट दायर गरेका छन् । शिल्पाको उपमेयरको उम्मेदवारी बदरको माग सहित दायर रिटमा २८ वैशाखमा सर्वोच्चको के आदेश आउँला सबैको प्रतीक्षाको बिषय बनेको छ ।

यदि तत्काल अन्तरिम आदेश आएमा अमरेन्द्रलाई जित सहज हुन सक्छ । आदेश यादवको विपक्षमा आएमा लँडाइँ शिल्पा भर्सेज अमरेन्द्र बीचमा नै हुनेछ । दुवैले आफुले नै उपमेयरको पद जित्ने दावी गरी घरदैलौ कार्यक्रम समेत लगभग सकिसकेका छन् । यसअघि उपमेयर कांग्रेसकी इन्दिरा कार्कीले जितेकी थिइन् । निकटतम् प्रतिद्धन्द्धी माओवादीकी नमिता न्यौपाने थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]