३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

अमरेन्द्र भर्सेज शिल्पा

Logo

निरज बस्नेत
विराटनगर, वैशाख २६
सत्तारुढ गठबन्धनका साझा उपमेयरका उम्मेदवार अमरेन्द्र यादव एवं प्रमुख प्रतिपक्षी दल एमालेकी उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्की बीचमा बिराटनगरमा कडा प्रतिष्पर्धा हुने अनुमान हुदैछ । यसलाई अमरेन्द्र भर्सेज शिल्पाको लँडाई मानिदैछ ।

जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा एवं व्यवसायी गिरेन्द्र कार्कीकी श्रीमती शिल्पाबीचको भिडन्तलाई यतिबेला चासोका साथ हेरिएको छ । बुवाको विरासतको रुपमा आएका अमरेन्द्र राजनितीका नौला खेलाडी हुन् ।

केपी ओली संगको गिरेन्द्रको सामिप्यताको कारण शिल्पाले उपमेयरको टिकट हत्याएको एमालेका कार्यकर्ता बताउँछन् । माओवादी केन्द्र पार्टी परित्याग गरी एक्लिएकी नमिता न्यौपानेको चुनाव चिन्ह लालटिन छाप बाट उपमेयरमा स्वतन्त्र उम्मेदवारी परेको छ । तर पनि न्यौपानेलाई माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले भित्रभित्रै सहयोग गरिरहेको बुझिएको छ ।

राप्रपाका मोरंग जिल्ला अध्यक्ष माधवराज आचार्यकी श्रीमती वृन्दा आचार्यको पनि उपमेयरमै उम्मेदवारी छ । न्यौपाने एवं आचार्यलाई खासै बिराटनगरवासीले रुचाएको पाईदैन । केही समय अगाडी पल्लाभारी दुवैको हकमा देखिएतापनि चुनाव नजिकिएसँगै उनीहरुको कार्यशैली कै कारण आममतदाता चिढीएका छन् । अन्ततःयादव र कार्की बीचमा नै उपमेयरका लागी जित–हारको तीव्र संभावना रहेको छ ।

कोशी अंचल अस्पताल व्यवस्थापन संचालक समितिमा लाभको पदमा बसी एकलाख बढी भत्ता बुझेको र राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता गरिएको र पछि किर्ते कागज बनाई गलत दर्ता नम्वर पेश गरेको कारण, जसपाका अमरेन्द्रले सर्वोच्चमा रिट दायर गरेका छन् । शिल्पाको उपमेयरको उम्मेदवारी बदरको माग सहित दायर रिटमा २८ वैशाखमा सर्वोच्चको के आदेश आउँला सबैको प्रतीक्षाको बिषय बनेको छ ।

यदि तत्काल अन्तरिम आदेश आएमा अमरेन्द्रलाई जित सहज हुन सक्छ । आदेश यादवको विपक्षमा आएमा लँडाइँ शिल्पा भर्सेज अमरेन्द्र बीचमा नै हुनेछ । दुवैले आफुले नै उपमेयरको पद जित्ने दावी गरी घरदैलौ कार्यक्रम समेत लगभग सकिसकेका छन् । यसअघि उपमेयर कांग्रेसकी इन्दिरा कार्कीले जितेकी थिइन् । निकटतम् प्रतिद्धन्द्धी माओवादीकी नमिता न्यौपाने थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]