२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

गाँउपालिका अध्यक्षका उम्मेदवार चाैधरी कटहरीवासीकाे घरघरमा

Logo

विराटनगर, वैशाख २७

आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । उनी मतदाताका घर घर पुगि रहेका छन् । उनले चुनाव जिते संगै विकास निर्माण साथै जनताको आवश्यकताअनुसार काम गर्ने बताए । आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आववश्यकता र मागअनुसार विकास निर्माणका काम अघि बढाइने बताए ।

उनले विकास निर्माण साथै स्वास्थ्य शिक्षामा क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ हुने खालक काम गर्ने प्रतिबद्धता गरेका छन् ।
अध्यक्षका उम्मेदवार चौधरीले गाउँपालिकामा संचालन भएका पुरा नभएका योजनाहरु पूरा गरिने बताएका छन् । उनले धेरै गफ भन्दा पनि आफूले काम गरेर देखाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]