०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

हरिनगर गाउँपालिका ७ मा मोजम्मिल प्यानल सहित विजयी

Logo

बिराटनगर, जेठ २
निरज बस्नेत

सुनसरीको हरिनगर गाउँपालिका ७ को वडाअध्यक्षमा एकिकृत समाजवादीका मोजम्मिल खान प्यानल सहित निर्वाचित भएका छन् ।
कूल ५ सय ६६ मत ल्याई खान वडाअध्यक्षमा निर्वाचित भएका हुन् । खानका अन्य सदस्यहरुको ५ सय ४३, ५ सय ४०, ५ सय ७, ५ सय ७ मत आएको छ ।
निकटतम प्रतिद्धन्द्धी जसपाका नौसाद अन्सारीको ४ सय ६२ मत आएको छ । १ सय ४ मतान्तरको विजय हात पार्दा नवनिर्वाचित वडाअध्यक्ष खान जति खुशी देखिन्थे , त्यतिकै मात्रामा उनको पूरै वडावासी हर्षले गद्गद् भएका छन् ।
कूल २ हजार ८ सय ५४ मतदाता रहेको यस ७ वडामा २ हजार ४१ मत खसेको थियो ।
बुवा मो. नसरुल खानका माहिला छोरा मोजम्मिल खान उमेरले ३६ बर्षका छन् । मेडिकल सेक्टरका एम. आर. समेत रहेका खानको शैक्षिक योग्यता स्नातक उतीर्ण हो । आफ्नै गाउँ, ठाउँ, समाजबाट राजनीतिको श्रीगणेश गरेका खान अब विपक्षी लगायत सम्पूर्ण वडावासीको मन जितेर कामकार्वाही गर्ने बताउँछन् ।
उनको प्राथमिकतामा वडामा एम्बुलेन्स, दमकलको व्यवस्था गर्ने लगायतको छ । संगसंगै शिक्षा, स्वास्थ्य, सरसफाई, पूर्वाधार विकास, स्वच्छ पिउने पानीको व्यवस्था पनि छ ।
छिमेकी भारत सँगको नजिकै सिमाना जोडिएको यो वडामा धेरै संभावनाको ढोका खुल्ला रहेको खान बताउँछन् । घर नै पिच्छे विदेश हानिएका युवा जोशलाई बरकरार राख्नु एवं गाउँमै केहि सीपमूलक रोजगारी प्रदान गर्नुपर्ने खानको विशेष योजना रहेको छ ।
यसै वडाका ३२ बर्षीया मुनमुन भगत, खानको मुक्तकण्ठले प्रशंसा गर्दे खुशी व्यक्त गर्दे भन्छन् अब यस वडामा केही सकारात्मक काम हुने छ । त्यस्तैगरी २२ की युवती चाँदनी चौधरी पनि औधी रमाएकी छिन् । १० बर्षसम्म एम. आर. को १ नं. प्रदेश ईन्चार्ज भई काम गरिएको, खारिएको अनुभव खाँन संग छदैछ । यहि वडावासीको सम्पूर्णको साथ, सहयोग, माया, प्रेरणाले उनमा केहि गर्छु भन्ने उत्साह जागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]