२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बरगाछीमा बनेको सालिक कहिले उद्घाटन होला?

Logo

बिराटनगर, जेष्ठ ५
निरज बस्नेत
बिराटनगरको मुटु बरगाछी चोकमा कुनै समयमा वास्तविकतामा नै बरको रुख थियो । यहि भएर यस चोकको नाम बरगाछी रहन पुग्यो ।
त्यसबेला सडक विस्तार गर्नेक्रममा उक्त ऐतिहासिक बरगाछीको रुख काटियो । त्यसपछि लामो समयसम्म यस ठाउँमा कुनै पनि किसिमको रुख नरहेको अवस्था थियो । यसलाई नै परिपूर्ति गर्न भनेर केहि बर्ष अगाडी रोटरी क्लब बिराटनगरले बरकै रुखको झल्को दिनेगरि एक स्तम्भ बनाएको थियो । उक्त स्तम्भ पनि सडक दुर्घटनाका कारण भत्कियो ।

यही अभावलाई मध्यनजर गर्दे समाजसेवी लेखक दधिराज सुवेदीको विशेस सहयोगमा अहिले स्व. पिताजी कृष्ण प्रसाद कोईरालाको अर्धकदको सालिक सहितको स्तम्भ निर्माण भईसकेको छ । पूर्ण रुपमा तयार भईसक्दा समेत उद्घाटनमा ढिला भईरहेको छ ।

भीम पराजुली मेयर भएकै बेलामा बरगाछीको सालिक उद्घाटन गर्ने सोच बनाएका थिए । यसै बिचमा स्थानीय चुनाव नजिकिएसंगै भीमको सक्रियता मेयरको टिकटका लागि बिराटनगर काठमाडौं गर्देमा बित्यो । अन्ततः न त मेयरको टिकट नै हात लाग्यो न त बरगाछीको स्तम्भ नै उद्घाटन गर्ने अवसर मिल्यो ।

अहिले बिराटनगरमा स्थानीय चुनावको मतपरिणामको रौनकतामा रहेकै कारण यस सालिक सहितको स्तम्भलाई वेवास्ता गरिएको छ । बिराटनगर निवासी दधिराज सुवेदीको प्रत्यक्ष संलग्नतामा निर्माण गरिएको यस सालिक सहितको स्तम्भ अब कसले अनावरण गर्ला त ? बिराटनगरले मेयर नै पाएपछी मात्र संभवत् उद्घाटन गर्ने कार्यक्रम तय भएको विश्वस्त्र सूत्रले बतायो ।

वि. स. १९३६ मा दुम्जामा जन्मिएका पिताजीका छोराहरु स्व. मातृका, वि.पी., गिरिजा तिनैजना नेपालका सफल प्रधानमन्त्री हुन् । काठमाडौं बन्दीगृहमा रहदा नै वि. सं. २००१ सालमा पिताजीको देहान्त भएको थियो । उनको निधन भएको समेत ७८ बर्ष भईसकेको छ ।
पिताजीको विविध क्षेत्रमा अतुलनीय योगदान रहेको छ । जसमध्ये काली मन्दिर बिराटनगरका संस्थापक मध्येका एक , नेपालको पहिलो उधोग बिराटनगर जुटमिलका संस्थापक मध्येका एक, प्रारम्भमा ५ विघा जग्गा प्रदान, मोरंगको सदरमुकाम रंगेलीलाई बिराटनगर सार्ने मध्येका एक, भारतीय रेल र हुलाक जोगबनी सम्म ल्याउने प्रमुख व्यक्ति मध्ये एक, नेपालको पहिलो सहकारी उधोगी गोला १९७३ का संस्थापक समेत हुन् ।

सुखद यस मानेमा की स्व. पिताजीको सालिक सहितको स्तम्भ बनेको छ । विडम्बना यस मानेमा की बरगाछीको अस्तित्व झल्किने प्रतिकात्मक बिम्व समेत यस स्तम्भमा अटाएन ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]