०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

बरगाछीमा बनेको सालिक कहिले उद्घाटन होला?

Logo

बिराटनगर, जेष्ठ ५
निरज बस्नेत
बिराटनगरको मुटु बरगाछी चोकमा कुनै समयमा वास्तविकतामा नै बरको रुख थियो । यहि भएर यस चोकको नाम बरगाछी रहन पुग्यो ।
त्यसबेला सडक विस्तार गर्नेक्रममा उक्त ऐतिहासिक बरगाछीको रुख काटियो । त्यसपछि लामो समयसम्म यस ठाउँमा कुनै पनि किसिमको रुख नरहेको अवस्था थियो । यसलाई नै परिपूर्ति गर्न भनेर केहि बर्ष अगाडी रोटरी क्लब बिराटनगरले बरकै रुखको झल्को दिनेगरि एक स्तम्भ बनाएको थियो । उक्त स्तम्भ पनि सडक दुर्घटनाका कारण भत्कियो ।

यही अभावलाई मध्यनजर गर्दे समाजसेवी लेखक दधिराज सुवेदीको विशेस सहयोगमा अहिले स्व. पिताजी कृष्ण प्रसाद कोईरालाको अर्धकदको सालिक सहितको स्तम्भ निर्माण भईसकेको छ । पूर्ण रुपमा तयार भईसक्दा समेत उद्घाटनमा ढिला भईरहेको छ ।

भीम पराजुली मेयर भएकै बेलामा बरगाछीको सालिक उद्घाटन गर्ने सोच बनाएका थिए । यसै बिचमा स्थानीय चुनाव नजिकिएसंगै भीमको सक्रियता मेयरको टिकटका लागि बिराटनगर काठमाडौं गर्देमा बित्यो । अन्ततः न त मेयरको टिकट नै हात लाग्यो न त बरगाछीको स्तम्भ नै उद्घाटन गर्ने अवसर मिल्यो ।

अहिले बिराटनगरमा स्थानीय चुनावको मतपरिणामको रौनकतामा रहेकै कारण यस सालिक सहितको स्तम्भलाई वेवास्ता गरिएको छ । बिराटनगर निवासी दधिराज सुवेदीको प्रत्यक्ष संलग्नतामा निर्माण गरिएको यस सालिक सहितको स्तम्भ अब कसले अनावरण गर्ला त ? बिराटनगरले मेयर नै पाएपछी मात्र संभवत् उद्घाटन गर्ने कार्यक्रम तय भएको विश्वस्त्र सूत्रले बतायो ।

वि. स. १९३६ मा दुम्जामा जन्मिएका पिताजीका छोराहरु स्व. मातृका, वि.पी., गिरिजा तिनैजना नेपालका सफल प्रधानमन्त्री हुन् । काठमाडौं बन्दीगृहमा रहदा नै वि. सं. २००१ सालमा पिताजीको देहान्त भएको थियो । उनको निधन भएको समेत ७८ बर्ष भईसकेको छ ।
पिताजीको विविध क्षेत्रमा अतुलनीय योगदान रहेको छ । जसमध्ये काली मन्दिर बिराटनगरका संस्थापक मध्येका एक , नेपालको पहिलो उधोग बिराटनगर जुटमिलका संस्थापक मध्येका एक, प्रारम्भमा ५ विघा जग्गा प्रदान, मोरंगको सदरमुकाम रंगेलीलाई बिराटनगर सार्ने मध्येका एक, भारतीय रेल र हुलाक जोगबनी सम्म ल्याउने प्रमुख व्यक्ति मध्ये एक, नेपालको पहिलो सहकारी उधोगी गोला १९७३ का संस्थापक समेत हुन् ।

सुखद यस मानेमा की स्व. पिताजीको सालिक सहितको स्तम्भ बनेको छ । विडम्बना यस मानेमा की बरगाछीको अस्तित्व झल्किने प्रतिकात्मक बिम्व समेत यस स्तम्भमा अटाएन ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]