२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा उपमेयरको ३८ र मेयरको २४ प्रतिशत मत बदर

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

विराटनगर, जेठ ८
विराटनगर महानगरको मेयर पदमा २९ हजार ३५८ मत बदर भएको छ । जुन खसेको मतको करिब २४ प्रतिशत हो । मुख्य निर्वाचन कार्यालयका अनुसार मेयरमा कुल ६८ हजार ३६ मत सदर भएको छ ।

त्यसैगरि उपमेयरमा ३४ हजार १६७ मत बदर भएको छ । जुन खसेको मतको ३८ प्रतिशत हो । मुख्य निर्वाचन कार्यालयका अनुसार उपमेयरमा कुल ५५ हजार २२९ मत सदर भएको छ ।

मेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २९ हजार ४५५, स्वतन्त्त उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रहाद साहाले ५ हजार २१६ मत पाए । उपमेयरमा कार्कीले २५ हजार ६८० मतसहित निर्वाचित हुँदा दोसो्र स्थानमा रहेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११६मत पाएको थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]