१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

जनताको काम आलटाल नगरी गर्न कर्मचारीलाई अध्यक्ष चौधरीको निर्देशन

Logo

विराटनगर, जेठ १०
स्थानियवासीको कुनै पनि काम गर्न आलटाल नगर्न कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरीले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सोमबार कटहरीे गाँउपालिकाको सभाकक्षमा आयोजित सपथग्रहण कार्यक्रलाई सम्बोधन गर्दै उपस्थित जनप्रतिनिधि तथा कर्मचारीलाई अध्यक्ष चौधरीले सो निर्देशन दिनु भएको हो ।
चौधरीले विभिन्न कामका सिलसिलामा गाँउपालिका आएका नागरिकहरुलाई आलटाल नगरी सम्भब भएसम्म हुने काम तत्काल गरिदिन कार्मचारीहरुलाई सुझाउनु भयो ।

सामान्य कामको लागी गाउँपालिका आएका सेवाग्राहीलाई विविध कारण देखाएर लामो समयसम्म झुलाउने कर्मचार्य–प्रवृतिलाई आफुले कदाचित नसहने चौधरीले कार्यक्रमको क्रमै स्पष्ट पार्नुभयो । यदि हुनै नसक्ने काम छ भने तत्काल सम्बन्धित सेवाग्राहीलाई यथेष्ठ कारण दिएर मात्र पठाउन कर्मचारीहरुलाई अध्यक्ष चौधरीले सुझाउनु भयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]