कांग्रेस केन्द्रीय सदस्य पराजुली मूल्यवृर्द्धिको विरोध गर्दै सडकमा
प्रकाशित मंगलबार, जेठ १०, २०७९
विराटनगर,१० जेठ
मूल्य बृद्धिको विरोधमा विराटनगरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समाजको कार्यक्रम भनिएपनि सत्ता पक्षका स्थानिय तथा केन्द्रीय नेताहरु समेतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मूल्य बृद्धिको विरोधमा सडकमै उत्रिएका छन् । नागरिकको जनजिविकाको सवालमा जसले गलत काम गरे पनि त्यो सच्याउनुपर्नेमा केन्द्रीय सदस्य पराजुलीको भनाइ थियो । उनले मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले पार्टीको तर्फबाट नभइ स्वतन्त्र नागरिकको हैसियतमा आफुहरु सडकमा आएको बताए ।
यस्तै स्वतन्त्र नागरिक समाजका संयोजक तथा कांग्रेस युवा नेता अरुण न्यौपानेको संयोजनमा भएको कार्यक्रममा स्थानिय अभियन्ता तथा कांग्रेसका युवानेताहरु प्रविन जोशी, लिला ढुङेल, राजु तामाङ,बद्री सरदार,मनोज कार्की,विनायक पन्त ,तुलसी दुलाल लगायत विराटनगरका विभिन्न नागरिक समाजका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।
२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]
विराटनगर,२६ मंसिर । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]
विराटनगर, मंसिर २१ । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]