२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कटहरीको शान्तिसुरक्षा चुस्त बनाउन पहल

Logo

विराटनगर, जेठ १४
कटहरी गाँउपालिकाको अध्यक्ष देवराज चौधरीले कटहरीको शान्ति–सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन जिल्ला प्रहरी कार्यलय माेरङका प्रमुख उपरिक्षक शान्तिराज कोईरालासमक्ष पहल गर्नुभएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगरमा भएको औपचारिक भेटघाटमा अध्यक्ष चौधरीले उपरिक्षक कोईरालालाई गाँउपालिकाको शान्ती शुरक्षाबारे जानकारी गराउनु भएको थियो । भेटमा अध्यक्ष चौधरीले गाँउमा प्रहरीको प्ररिचालन बढाउन आग्रह गर्दै हुन सक्ने संभावित अपराधलाई न्युनिकरण गर्न सुझाव दिनुभएको थियो ।
गाँउमा हुने झैंझगडा, गुण्डागर्दी, होहल्ला र चोरी जस्ता अपराधजन्य क्रियाकलापलाई निश्क्रिय पार्न गाँउपालिकाको तर्फबाट प्रहरीलाई प्रयाप्त सहयोग मिल्ने चौधरीले आसवासन समेत दिनुभएको थियो ।
जवाफमा प्रहरी उपरिक्षक कोईरालाले जिल्लाको सुरक्षा–व्यवास्थलाई सुदृण र बलियो बनाउन आफु सधै कटिबद्ध रहेको बताउनु भयो । गाँउपालिकामा प्रहरीे शंख्या कम रहेतापनि भैपरिको लागी ब्याकअपमा सुरक्षाकर्मी प्रयाप्त राखिएको उपरिक्षक कोईरालले आस्वस्त पार्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]