१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कटहरी गाँउपालिका अध्यक्ष चौधरी ओमकार परिवारबाट स्वागत–सम्मानित

Logo

कटहरी, जेठ १५
ओमकार ध्वनी परिवार नामले परिचित विराटनगरको बह्माकुमारी राजयोग सेवा केन्द्रले मोरङको कटहरी गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष देवराज चौधरीलाई स्वागत सम्मान गरेको छ ।

विराटनगरस्थित बह्माकुमारी सेवा केन्द्रले शनिवार आफ्नै भवनमा रहेको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष चौधरीलाई स्वागत सम्मान गरेको हो । विराटनगर केन्द्रको तर्फबाट प्रमुख बह्मकुमारी गिताले अध्यक्ष चौधरीलाई फुलमाला, खादा तथा ओमकार ध्वनी प्रतिविम्वित स्वर्ण पत्रले स्वागत सम्मान गर्नु भएको थियो ।

सम्मान ग्रहण पश्च्यात कार्यक्रममा उपस्थित ओमकार परिवारलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ओमकार परिवार र बह्कुमारी संगठनले गरेको कामको मुक्तकठंले प्रसंशा गर्नुभयो । वँहाले ध्यान र साधानको माध्यमबाट समाजलाई स्वच्छ, स्वास्थ्य र शिक्षित बनाउन ओमकार परिवारले ठुलो भुमिका खेलेको जिकिर समेत गर्नुभयो ।

बह्कुमारी एक आध्यात्मिक शिक्षण संस्था हो जसमा ध्यान र साधानाको मार्फत अनुयायीहरुलाई प्रशिक्क्षित गराईन्छ । यो संस्थाको केन्द्रहरु नेपाल तथा भारतका विभिन्न सहरहरुमा छन् । यसको केन्द्रहरु विभिन्न तेस्रो मुलुकहरुमा समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]