१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

कटहरीका विद्यालय नियमित अनुगमन गर्न निर्देशन

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

दिनेश खड्का

विराटनगर, जेठ १९

कटहरी गाँउपालिकाकोे अध्यक्ष देवराज चौधरीले कटहरीको विद्यालयहरुमा नियमति अनुगमन गर्न कर्मचारी तथा प्रधानाध्यापकलाई निर्देशन दिनुभएको छ । साथै सबै वडा अध्यक्ष तथा अभिभावकहरुलाई समेत यस कार्यमा सघाँउन वहाँले अनुरोध गर्नुभएको छ ।

चौधरीले अध्यक्षको पदभार ग्रहण गरेदेखिनै कटहरीको शैक्षिक गुणस्तर वृद्धि गर्ने विषयमा हरेक दिन सरोकारवालासँग छलफलमा जुट्दै आउनु भएको छ । मंगलबार मात्र वँहाले कटहरीको विभिन्न विद्यालयको प्रधानाध्यापकसँग भेटघाट गरी शैक्षिक गुणस्थर कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो । सोही क्रममा वँहाले विद्यालयको नियमित अनुगमन गर्र्न समेत कर्मचारी तथा प्रधानाध्यापकलाई निर्देशन दिनुभएको थियो ।

अध्यक्ष चौधरीले विद्यालयमा नियमित अनुपस्थित हुने वा समयअगवै नपढाई विद्यालय छोड्ने शिक्षकलाई शख्त कारवाही गर्ने कार्यक्रममै चेतावनी समेत दिनु भएको थियो । कटहरीको शैक्षिक गुणस्थर वृद्धि गर्ने विषयमा अध्यक्ष चौधरी त्यहाँका जनप्रतिनिधिहरुसँग दैनिक छलफलमा समेत जुटिराख्नु भएको छ ।

अध्यक्ष चौधरीले मंगलबारै कार्यपालिका सदस्यको सपथ ग्रहण पश्च्यात सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आफ्नो क्षेत्रमा रहेको विद्यालयको अनुगमन गर्न अख्तियारी समेत प्रधान गर्नुभयो । वहाँले विपक्षी नेताहरुलाई समेत गाँउको विद्यालय सुधार तथा शैक्षिक गुणस्तर वृद्धिको सवालमा सहयोग गर्न अग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]