२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

बिराटनगरमा कबिर जयन्ती मनाईदैं

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

विराटनगर, जेठ २९

आज ५६८ औं श्री कबिर जयन्ती बिराटनगर लगायत मुलुकभर भब्यताका साथ मनाईदैं छ । सो अवसरमा मुलुकका विभिन्न जिल्लाहरुमा रहेका श्री गुरु कबिर साहेब स्थानहरुमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

बिराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको छ । सो स्थानहरुमा आज भजन कीर्तन, सेतो झण्डो–तोलन, सन्त भोजन, लगायत अन्य विविध कार्यक्रमहरु हुँदैछ ।

जयन्तीमा सहभागी हुन हरिनगर, बुढीगंगा लगायत अन्य विविध ठाउँबाट सन्त महात्माहरु विराटनगरको बाटा रोडमा रहेको श्री कबिर स्थानमा आएका छन् । बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी दिएका छन् ।

श्री गुरु कविर साहेव ५६८ वर्ष अघि भारतमा उत्पत्ती भएको किंबदन्ती छ । उनले विश्वमा छुवछुत उन्मूलनका लागी अगुवाको भुमिका खेलको अनुयायी बताउछन् । श्री कविर साहेव हिन्दु धर्म अन्र्तगत नै पर्दछ । अन्तर यति मात्र छ, हिन्दु धर्मले छुवाछुत मान्छ, कविरका अनुयायी छुवाछुत मान्दैनन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]