१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मिस नेपाल छनौटको गलत तरिका

Logo

बिराटनगर, जेष्ठ ३०
निरज बस्नेत
मिस नेपाल प्रतियोगिता २०२२ को संस्करणको ग्राण्ड फिनाले यही असार ४ गते हुदैछ । ललितपुरको गोदावारीमा अन्तिम प्रतिष्पर्धाका लागि अविवाहीत सुन्दरीहरु उत्रिदैछन् ।
देशभरिका केहि शहर केन्द्रित अडिसनको भरमा प्रतियोगिता हरेक बर्षझै यसपालि पनि हुदैछ ।

ब्युटी विथ ब्रेनको स्लोगन राखिएको यो प्रतियोगिता बर्षनी द हिडन ट्रेजरको आयोजनामा हुने गरेको छ । मिस नेपालको ट्याग भिरेपछि उक्त सुन्दरीले अर्को मिस नेपाल घोषणा नहुन्जेल कुनै पुरुषसंग विवाह गर्न पाउँदिनन् । महिलाभित्र रहेको प्रतिभा बाहिर निकाल्ने प्लेटफर्मको रुपमा मिस नेपाल प्रतियोगिता आयोजना गरेको दाबी आयोजक संस्थाको छ ।

यस मिस नेपाल प्रतियोगिता छनौट प्रक्रिया नै गलत भएको कतिपयको बुझाई छ । आयोजकले प्रतियोगिताको नाममा विविध किसिमको शोषण गर्ने गरेको गुनासो स्वयम् प्रतिष्पर्धी युवतीहरु बताउँछन् । विभिन्न संघ संस्था देखि लिएर अधिकारकर्मीहरुको बर्षेनी विरोधका स्वरहरु मुखरित हुने गरेका छन् ।

यतिका विरोध त छदैछ । वहालवाला कतिपय मन्त्रि, सांसद देखि पूर्व उच्चपदस्थ ओहोदामा बसेका समेतको चर्को विरोध भएको पाईन्छ । सबै क्षेत्रबाट यतिका विरोधका आवाज हुदाहुदै किन त मिस नेपाल प्रत्येक बर्ष बडो तामझामका साथ हुन्छ । केहि सिमित व्यक्ति बिशेष फाईदा केन्दितका रुपमा मिस नेपाल लगायत अन्य कयौं सुन्दरी प्रतियोगिताको गर्ने गरिएको देखिन्छ ।

ग्रामिण, पहाडी भेगका होनहार महिलाहरुलाई नसमेट्नु पनि आयोजकको बदमासी मान्न सकिन्छ । ९ महिना केहि पूर्व तयारी नगर्नु बाँकी ३ महिनामा हतारहतार गर्नुले यसप्रति आयोजक गैरजिम्मेवार भएको देखिन्छ ।

समय समयमा सुन्दरी प्रतियोगिताकै भरमा बर्षोसम्म यौन शोषण गरेको समाचार बाहिरिनुले हाम्रा चेली कति असुरक्षित छन् , घटनाक्रमले पुष्टि गरेका छन् । अतः आगामी दिनमा यस्ताखाले सुन्दरी प्रतियोगिताले वास्तवमा नै ब्युटी विथ व्रेन नै जन्माओस् ।

अन्तमा छनौट प्रतियोगिता सही मानेमा गलत नभई सहि होस् । मिस नेपाल २०२२ का प्रतिष्पर्धी २४ जनालाई शुभकामना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]