१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सस्तो दरको खाना कता हरायो ?

Logo

विराटनगर, असार १
निरज बस्नेत
कोरोनाकालअघि सस्तो दरको खाना खुवाउँने होडबाजी देशभरि नै ह्वात्तै बढेको थियो । सस्तो दरमा मुलुकका विभिन्न ठाउँमा भोकोपेटलाई भरपेट खाना खुवाउँने प्रचलन नै बसेको थियो ।

त्यो बेला सुनसरीको ईनरुवा बसपार्कमा भोक लागेर आएका जोकोही बटुवालाई स्थानीय अगुवाको अग्रसरतामा निशुल्क दाल, भात, मासु समेत खुवाईएको थियो । झापाको विर्तामोडमा रु. ५ मात्र लिएर चिकेन खाना भोकाएकालाई समाजसेवी मन भएकाले आफै अघिसरी धरैलाई खुवाएका थिए । सुनसरीकै ईटहरी विराटनगर लाईनमा अवस्थित राधाकृष्ण मन्दिरमा रु. १५ मा सादा खानामा भात, दाल, तरकारी, अचार समेत गरी राम्रो खाना केही स्थानीयको पहलमा खुवाईएको थियो ।

सस्तो दरको खानाको शुरुवात भने विराटनगरबाट नै भएको पाईन्छ । यहाँस्थित जैन भवन अगाडीबाट केही समाजसेवीको विशेष पहलमा रु. १० मा राजमा खानाको शुरुवात भएको पाईन्छ । यहीबाट शरु भएको यो क्रमले मुलुकका विभिन्न ठाउँ लिदै आक्रमकता पाएको थियो । केही महिना राम्रै यो खाना खुवाउँने क्रम चल्यो ।

थुप्रैले मनदेखि सहयोगी हात बढाएर राम्रै रकम संकलन भएकै हो । विराटनगरका चिरपरिचित हस्तीहरुको विशेष सक्रियतामा यति पुण्यको कामले निरन्तरता पाएकै यथार्थ अवस्था सबैमा जगजाहेर नै छ । पछि कालान्तरमा विश्वव्यापी कोरोनालाई कारण देखाउँदै एकाएक यो खाना खुवाउँने काम रोकियो ।

ठिक छ तत्कालीन समयमा एकप्रकारले सबैमा कोरोनाको त्रासनै थियो । अब त त्यो परिस्थिती हटिसकेको छ । खै त समाजसेवी मन भएका ती हातहरु कता हराएँ । उँ बेला यो क्रमले आजीवन निरन्तरता पाउँछ जतिको गरेका थिएँ । आज ती परोपकारी मन भएकाहरुको मन के ले अगाडी बढ्न सकेन ।

विराटनगरमा रु.१० को खाना खुवाउँने यो महान् अभियानको लागि धेरै व्यक्ति विशेष तथा विभिन्न समूह, संघसंस्थाबाट राम्रै रकम संकलन भएको थियो । यथार्थतामा टेकेर भन्दा त्योबेला हिसाबकिताब के पारदर्शी भएर फर्छोट भएको थियो त ? प्रश्न आज आम विराटनगरवासीको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]