३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गुण्डाको अगाडी प्रहरी निरीह

Logo

विराटनगर, असार २
निरज बस्नेत
विराटनगरको कंचनवारीमा गएँराति कुटपिटको रोचक घटना घट्यो ।
रातको ९ बज्न लागेको थियो । नोवेल नहर पूर्वतर्फको कुनामा दुई बाईक एक्कासी आएँ । एउँटा बाईकमा दुई केटा सवार, अर्कोमा एक केटा र एक केटी सवार थिएँ । दईवटै बाईक घ्याच्याक रोकिएँ ।
केटी सवार बाईकको केटो उत्रियो । उँसले अर्को बाईकमा सवार केटोलाई उतारेर एकाहोरो भकुरो । कुटाई अर्को बाईकमा सवार पछाडी बस्नेले नै भटाभट खायो । कुटाई खाने केटो नोवेल अस्पताल विराटनगरमा अध्ययनरत एमबीबीएसको छात्र हुन् । कुट्ने केटो मुसतण्डे जिउँडालको कंचनवारी आसपासकै लोकल गुण्डा टाईपको रहेछ ।
कुटाई खाने केटो जनकपुर निवासी हो । पढाईको सिलसिलामा विराटनगर बस्दै आएका छन् । कुट्ने केटोको बाईकमा सवार केटी र उँसकी दिदि सँग एउँटै फ्ल्याटमा कुटाई खाने केटो रुम सेयर गरि बसिरहेको हो । बाईकमा सवार केटीको दिदि र कुटाई खाने केटो लिभिङ रिलेसनमा बस्दा रहेछन् । कुट्ने केटो र उसकै बाईकमा सवार केटीको पनि लिभिङ रिलेसन रहेछ ।

घटना किन घटेछ भन्दा, हिजो दिउँसो दिनभरि दिदि र कुटाई खाने केटोको बिचमा कोठामा घम्साघम्सी चलेछ । यही झगडाकै बीचमा दिदि चाहीँ घरतर्फ गईछ । आक्रोसित बनेको केटोले चाहीँ गएराती ८ बजे केटीको कोठामा ताल्चा ठोक्दिएँछ । बहिनी पनि नोवेलकै स्टाफ रहिछिन् ।

ईभिनिङ ड्युटी सिध्याएर गएराती ८ बजेपश्चात रुम आउँदा भोटे ताल्चा ठोकेको देखेपछि रिसले आगो भईछन् । तुरुन्त दिदिलाई फोन गरि चाबी खोई भन्दा म त घरमा छु, चाबी आफ्नै ब्वाई फ्रेण्डसँग भएको जानकारी दिएपछि फोन काटियो । तत्पश्चात दिदिको ब्वाईफ्रेण्डलाई फोनगरि रुमको चाबी माग्दा दिन्न भन्ने रुखो जवाफ आएपछि पुनः दिदिलाई फोन गरिन् ।

बहिनीलाई चाबी दिनु भन्दा दिदिले फोन गर्दा ब्वाई फ्रेण्डले त आईस् भने दिन्छु नत्र दिन्न भनेपछि, यो घटनाले आक्रमक रुपधारण गरेको हो । अनि चाहीँ बहिनीको ब्वाई फ्रेण्ड एक्सनमा उत्रिएको हो । सुरुमा प्रहरी नआई कुटपिट भयो, बादमा प्रहरीकै आखाँ अगाडी समेत त्यस मुसतण्डेले चार्ज गरेको हो । कुनै छोरी मान्छेको कोठामा ताल्चा लगाउँनु त्यस छात्रको गल्ती देखिन्छ, तथापि प्रहरीकै सामुन्ने दनादन एक नागरिक कुटिनु लज्जाको विषय हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]