१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गुण्डाको अगाडी प्रहरी निरीह

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

विराटनगर, असार २
निरज बस्नेत
विराटनगरको कंचनवारीमा गएँराति कुटपिटको रोचक घटना घट्यो ।
रातको ९ बज्न लागेको थियो । नोवेल नहर पूर्वतर्फको कुनामा दुई बाईक एक्कासी आएँ । एउँटा बाईकमा दुई केटा सवार, अर्कोमा एक केटा र एक केटी सवार थिएँ । दईवटै बाईक घ्याच्याक रोकिएँ ।
केटी सवार बाईकको केटो उत्रियो । उँसले अर्को बाईकमा सवार केटोलाई उतारेर एकाहोरो भकुरो । कुटाई अर्को बाईकमा सवार पछाडी बस्नेले नै भटाभट खायो । कुटाई खाने केटो नोवेल अस्पताल विराटनगरमा अध्ययनरत एमबीबीएसको छात्र हुन् । कुट्ने केटो मुसतण्डे जिउँडालको कंचनवारी आसपासकै लोकल गुण्डा टाईपको रहेछ ।
कुटाई खाने केटो जनकपुर निवासी हो । पढाईको सिलसिलामा विराटनगर बस्दै आएका छन् । कुट्ने केटोको बाईकमा सवार केटी र उँसकी दिदि सँग एउँटै फ्ल्याटमा कुटाई खाने केटो रुम सेयर गरि बसिरहेको हो । बाईकमा सवार केटीको दिदि र कुटाई खाने केटो लिभिङ रिलेसनमा बस्दा रहेछन् । कुट्ने केटो र उसकै बाईकमा सवार केटीको पनि लिभिङ रिलेसन रहेछ ।

घटना किन घटेछ भन्दा, हिजो दिउँसो दिनभरि दिदि र कुटाई खाने केटोको बिचमा कोठामा घम्साघम्सी चलेछ । यही झगडाकै बीचमा दिदि चाहीँ घरतर्फ गईछ । आक्रोसित बनेको केटोले चाहीँ गएराती ८ बजे केटीको कोठामा ताल्चा ठोक्दिएँछ । बहिनी पनि नोवेलकै स्टाफ रहिछिन् ।

ईभिनिङ ड्युटी सिध्याएर गएराती ८ बजेपश्चात रुम आउँदा भोटे ताल्चा ठोकेको देखेपछि रिसले आगो भईछन् । तुरुन्त दिदिलाई फोन गरि चाबी खोई भन्दा म त घरमा छु, चाबी आफ्नै ब्वाई फ्रेण्डसँग भएको जानकारी दिएपछि फोन काटियो । तत्पश्चात दिदिको ब्वाईफ्रेण्डलाई फोनगरि रुमको चाबी माग्दा दिन्न भन्ने रुखो जवाफ आएपछि पुनः दिदिलाई फोन गरिन् ।

बहिनीलाई चाबी दिनु भन्दा दिदिले फोन गर्दा ब्वाई फ्रेण्डले त आईस् भने दिन्छु नत्र दिन्न भनेपछि, यो घटनाले आक्रमक रुपधारण गरेको हो । अनि चाहीँ बहिनीको ब्वाई फ्रेण्ड एक्सनमा उत्रिएको हो । सुरुमा प्रहरी नआई कुटपिट भयो, बादमा प्रहरीकै आखाँ अगाडी समेत त्यस मुसतण्डेले चार्ज गरेको हो । कुनै छोरी मान्छेको कोठामा ताल्चा लगाउँनु त्यस छात्रको गल्ती देखिन्छ, तथापि प्रहरीकै सामुन्ने दनादन एक नागरिक कुटिनु लज्जाको विषय हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]