०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

रवि राजनीति

Logo

विराटनगर, असार २
निरज बस्नेत
संचारकर्मी रवि लामिछाने राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन् । यो कुराको जानकारी उनी स्वयंले आज गरेका छन् । थप जानकारी ७ असारमा राष्ट्रिय सभागृहको हलबाट दिने लामिछाने स्वयंले बताएका छन् । छोटो समयमा चर्चाको शिखरमा पुगेका लामिछानेकोे कहानी घतलाग्दो छ ।

सरकारी संचारमाध्यम नेपाल टेलिभिजनको क्ल्याप बोर्डको तातो पिरो सेग्मेन्ट चलाई संचारकर्ममा अगाडी बढेका हुन् । त्यस्तैगरि यहाँको चलन लगायत अन्य छन् । शुरुवातको समयदेखि नै निखारिएको वक्ताको रुपमा छाएका यिनी समयक्रमसंगै अमेरिका हानिएँ । ९ बर्ष अमेरिकाको बसाईले यिनलाई धेरै कुरा सिकायो ।
जिवनका आरोह अवरोह पार गर्दे कालान्तरमा अमेरिकाबाट नेपाल फर्केपछी रविको जिवनले वास्तवमै कोल्टे फेर्यो ।
टेलिभिजनको ईतिहासमा सर्वाधिक नन्स्टप कार्यक्रम चलाएर यिनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस् होल्डरमा आफ्नो नाम लेखाउँन सफल भएका छन् । तत्पश्चात् यही गर्विलो कर्मले यिनको सफलता वास्तवमै सही मानेमा जनताको मन मनमा छायो ।
आज रविलाई उनको अथक मिहिनेत कर्मले सबैमाझ लोकप्रिय बनाएको छ । आफ्नो लोकप्रिय छविलाई उनले आजबाट राजनीतिमा होमेका छन् ।
समग्रमा राजनीति विशुद्ध सेवा हो । जहाँ फाईदा नोक्सान हेरिदैन । पवित्र मनले मुलुक जनताप्रति वफादार भएर गरिन्छ । यहाँनिर राजनीति फोहोरी खेल बनेको छ । मनि, मसलको भरमा राजनीतिलाई धेरैले विकृत बनाएँका छन् ।
यस्ता अनेकखाले विकृत धमिरालाई निमिट्यान्न पार्न रविको ईन्ट्रि राजनीतिमा भएँको राजनीतिका धुरन्धरको आँकलन छ ।
जसरी स्वतन्त्रबाट बालेन, हर्कहरु राजनीतिको गन्धालाई सफाया गर्न उँदाएँ, त्यस्तैगरी रविको यो छलाङले एउँटा भरोसाको केन्द्रमा थप एक ईटा थप्ने काम पक्कै गर्नेछ । बाँकी आउँने समयले बताउँने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]