१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको आर. के. मल घाटामा

Logo

विराटनगर, असार १३
निरज बस्नेत
विराटनगरको हाटखोलामा रहेको आर. के मल घाटामा चलिरहेको छ । यस मल निकै तामझामका साथमा कोरोनाकालमै उद्घाटन गरिएको थियो । जसरी उद्घाटन गरियो । त्यही अनुपातमा सफलताको सिँढी उक्लिन सकेन । फलस्वरुप आज यो मल प्रायः सुनसान जस्तै हुन्छ ।

खाध्यान्न, लत्ताकपडा, ईलेक्ट्रिक सामान, फर्निचर, लगायतमा नयाँ नयाँ केही देखिदैन । सबै पूराना स्टककै सामान छन् , यही पनि बेच्न धौधौ छ । निकै नै छुट अफर दिदा समेत मार्केटमा खासै चार्म छैन ।

रेष्टूरेण्टमा, स्विमिङ पुलमा, मल्टिप्लेक्समा कोही कोही बेला मात्र चहलपहल देखिन्छ ।
लगानीकर्ता र व्यवस्तापकीय अदूरदर्शीतताका कारण आज यस आर. के. मलको व्यापारमा दिनप्रतिदिन खस्केको प्रष्टै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]